७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मिसन मसुरो’ : खर्च २० लाख, उपलब्धि शून्य



अ+ अ-

बाँके । सरकार र निजी क्षेत्रको साझेदारीमा सञ्चालन भएको एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत ‘मिसन मसुरो’ अभियान बाँकेमा प्रभावकारी देखिएको छैन । बाँकेमा यो कार्यक्रमका लागि दुई वर्षमा २० लाख खर्च भए पनि उपलब्धि भने शून्य देखिएको छ । प्रदेश र स्थानीय तहमध्ये कसले कार्यक्रम सञ्चालन गर्ने भन्ने अन्योलकै कराण यो कार्यक्रम अहिले प्रभावकारी हुन नसकेको हो ।

दुई वर्षदेखि जिल्ला तहमा बजेट नआएपछि कार्यक्रम बन्द रहेको छ । कार्यक्रम बन्द भएपछि उक्त कार्यक्रमअन्तर्गत कृषि सहकारी संस्थालाई मसुरो उत्पादनका लागि वितरण गरिएका कृषि सामग्री कुन अवस्थामा छन् र ती कृषकले कस्तो काम गरिरहेका छन् भन्ने जानकारीसमेत लिइएको छैन ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ सदस्य सचिव रहने जिल्लास्तरीय समितिमा कृषि विकास कार्यालय, सहकारी विभाग, जिल्ला विकास समितिको प्रतिनिधित्व हुने गरेको थियो । सोही समितिले कृषि सहकारी छनोट गरी कार्यक्रम दिने गरेको थियो । बाँकेमा एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत मसुरो खेतीलाई छनोट गरिएको थियो ।
माटो सुहाँउदो खेती भएकाले मसुरो उत्पादन वृद्धि गरी स्वदेशमै आत्मनिर्भर बनाउने लक्ष्य राखिए पनि उक्त लक्ष्य पाउन गरिएको लगानीले शून्य नतिजा दिएको छ । उक्त कार्यक्रमको सदस्य सचिवका रुपमा रहेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका कार्यालय प्रमुख अजयसिंह सिजापतिले बजेट नआएपछि दुई वर्ष अघिदेखि कार्यक्रम बन्द अवस्थामा रहेको बताउनुभयो ।

कृषि विकास कार्यालय, सहकारी डिभिजन र जिल्ला विकास समिति खारेज भई नयाँ संरचनामा गएपछि पनि कार्यक्रम अघि बढ्न नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कार्यक्रम सञ्चालनमै अन्यौल छ ।” बाँकेमा कृषकलाई यस कार्यक्रमअन्तर्गत मसुरोको बीउ, हाते ट्र्याक्टर जस्ता कृषि सामग्री दिएको थियो । उक्त सामग्रीको प्रयोगको अवस्थाबारे समेत अहिले कसैले चासो देखाएको छैन । रासस