५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पार्टीभित्रको असहमति दबाउने शैलीले बढायो निराशा र जनआक्रोश News Polar मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिनु गलतः अध्यक्ष बज्राचार्य News Polar आपूर्ति प्रणालीका समस्या समाधान गर्न ‘वान डोर’ अनुगमन आवश्यकः महानिर्देशक लुइँटेल News Polar महिला भलिबलः नेपाल हङ्कङसँग पराजित News Polar अन्नपूर्ण बेस क्याम्प पुग्यो अन्नपूर्ण स्पाइकर किंग्सको ‘गौरवको यात्रा’ ट्रफी News Polar कुलेश्वरमा कवाडी गोदाममा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी News Polar बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल News Polar बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको पुनर्निर्माण तीव्र, पिमलटार–जागाराम पुलको मर्मत सम्पन्न News Polar स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते News Polar भूमि प्रशासन कार्यालय तनहुँद्वारा रु ३६ करोड ४८ लाख राजस्व सङ्कलन News Polar त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन News Polar सुनसरीमा करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु News Polar बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय

अपाङ्गता भएकालाई परिचयपत्र पाउन मुश्किल

अपाङ्गता भएकालाई परिचयपत्र पाउन मुश्किल
अ+ अ-

जुम्ला । जुम्लामा अपाङ्गता भएका व्यक्तिले परिचयपत्र पाउन सकेका छैनन् । सङ्घीय संरचनापछि जिल्लाका कार्यालय खारेज हुँदा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र पाउनै समस्या भएको छ ।

पहिला अपाङ्गता भएका व्यक्तिलाई अपाङ्ग पुनःस्थापना तथा विकास केन्द्रको सिफारिश र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य परीक्षणको आधारमा महिला तथा बालबालिका कार्यालयले परिचयपत्र वितरण गर्दै आएको थियो । तर गत साउनदेखि जिल्लास्थित महिला तथा बालबालिका कार्यालय खारेज भएपछि अपाङ्गता भएका व्यक्ति परिचयपत्र पाउनबाट बञ्चित भएका हुन् ।

अपाङ्ग पुनःस्थापना तथा विकास केन्द्र, जुम्लाका अध्यक्ष नन्दराज धितालले अहिले कार्यालयमा अपाङ्गताको परिचयपत्र नपाएको गुनासो बढ्न थालेका बताउनुभयो । “अहिले त्यो काम कसरी र कुन कार्यालयबाट हुन्छ भन्ने कुरा अन्योलमा छ”, उहाँले भन्नुभयो । सङ्घीयतापछि घरदैलोमा सरकारी सेवासुविधा पाउने भनिए पनि अपाङ्गता भएका व्यक्ति परिचयपत्र पाउनबाटै बञ्चित भएका छन् ।

कनकासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द पुरीका अनुसार स्थानीय तहबाट सबै सामाजिक सुरक्षाका काम भएका छन् । तर अपाङ्गता परिचयपत्र भने वितरण गर्न सकिएको छैन । परिचयपत्र वितरणका लागि स्पष्ट निर्देशिका नभएकाले अहिलेसम्म अन्योल छ । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलका अनुसार अपाङ्गता परिचयपत्र वितरणका लागि तीनवटै सरकारी तवरबाट समन्वय र सहकार्य गरी यस बारे छिटो निर्णय गर्नुपर्ने हुन्छ ।

कर्णाली प्रदेशमा दुई हजार ८६८ जना अपाङ्गता भएका बालबालिका छन् । तीमध्ये ८८५ जनालाई मात्र परिचयपत्र वितरण गरिएको केन्द्रीय बालकल्याण समितिको प्रतिवेदनमा उल्लेख छ । रासस