४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

सभामुख र राष्ट्रियसभा अध्यक्षको यस्तो लाजमर्दाे काम– सहयोगीको तलब पनि आफ्नै गोजीमा

सभामुख र राष्ट्रियसभा अध्यक्षको यस्तो लाजमर्दाे काम–  सहयोगीको तलब पनि आफ्नै गोजीमा
अ+ अ-


काठमाडौँ । केही दिनअघि एक अनुसन्धानमूलक समाचार आयो काठमाडौँमै घर भएका सांसदहरुले पनि घर बहाल भनेर महिनैपिचछे रकम बुझ्ने गरेको । त्यस आर्थिक दुरुपयोगमा सुवास नेम्वाङ, योगेश भट्टराई, पम्फा भुुसालजस्ता नेताहरु नै परे । त्यसमा अरु पनि कैयौँ नेताहरु परे । पम्फा र योगेशले त आफ्नो खातामा कस्ले पैसा हालिदिएको हो भन्नेसम्मको जानकारी समेत पनि नभएको भन्दै त्यो फिर्ता गर्ने जनाए । उनीहरुले यसो भनिरहँदा जनताले के भन्लान भन्नेसम्मको हेक्का पनि गरेनन् । त्यो भन्दा पनि अर्काे लाजमर्दाे कुरा त यो छकि एमालेका अर्का नेता सुवास नेम्वाङले त नागरिकले सर्वत्र निन्दा गर्दा पनि यस विषयमा कुनै प्रतिक्रिया नै दिएका छैनन् । चुपचाप बसिरहेका छन् । मिडियाले गरेको समाचार रिपोर्टिङको कामलाई उनीहरु कसरी लिन्छन् भन्ने विषयमा यो एक खोजीको विषय पनि हुनसक्छ । त्यसो त यी तीन जना बाहेक अरु पनि कैयौँ सांसद छन् यसरी काठमाडौँमै घर भए पनि भाडा बुझ्ने । तर उनीहरु पनि बोलेका छैनन् ।

त्यसपछि बुधबार आएको छ अर्को यस्तै लाजमर्दाे काम । संघीय संसदका पदाधिकारी र सांसदले आफ्ना स्वकीय सचिव तथा सचिवालयका कर्मचारीको तलबभत्ता नै आफैँले बुझ्ने गरेको अर्काे रहस्य पनि खुलेको छ । नियम विपरित कर्मचारीको तलबभत्ता सबैभन्दा बढी बुझ्नेमा सभामुख कृष्णबहादुर महरा रहेछन् । त्यसपछिका अर्का नेता रहेका छन् राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सना । ऐनको व्यवस्थाविपरीत उनीहरूले कर्मचारीको तलब भत्ता आफै बुझेका हुन । संसद् सचिवालयले कर्मचारीको तलबभत्ताबापत महरा र तिमल्सिनाले खातामा जनही मासिक १ लाख ९७ हजार ५ सय १० रुपैयाँका दरले जम्मा गरिदिने गरेको छ । ‘संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन’ अनुसार सचिवालयका कर्मचारीकै बैंक खातामा तलब पठाउनुपर्नेमा संसद् सचिवालयले सभामुख र अध्यक्षको खातामा मासिक रकम जम्मा गरिदिने गरेको छ भने सभामुख र राष्ट्रियसभा अध्यक्षले पनि त्यसलाई स्वीकार्दै आफैँले उक्त तलब भत्ता बुझ्दै आएका छन ।
उनीहरु भनेका देशका दुई प्रमुख विधायिकाकै प्रमुखहरु । विधायिकाको काम नै कानुन बनाउने हो । यसरी आफै कानुन बनाउने मानिस नै आफ्ना सहयोगी, पिए तथा कर्मचारीको तलब आफै बुझ्छन् भने त्यसलाई के भन्ने ? कानुन बनाउने बाटै कानुनको उल्लंघन भयो भने त्यस्तालाई कस्तो कारबाही हुन्छ ?