४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

आठ बढी प्रजातिका जडीबुटी सङ्कलन

आठ बढी प्रजातिका जडीबुटी सङ्कलन
अ+ अ-

बाजुराका मार्तडीमा विभिन्न नौ स्थानीय तहमा रहेका सामुदायिक र राष्ट्रिय वनबाट जडीबुटी व्यवसायीले जडीबुटी सङ्कलन गर्न पूर्जी पाएका छन् ।

जडीबुटी सङ्कलनका लागि जिल्लाका हिमाली गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका, गौमूल गाउँपालिका बूढीनन्दा नगरपालिका, त्रिवेणी नगरपालिका र बडीमालिका नगरपालिकाका वनहरुबाट जडीबुटी सङ्कलन गर्नका लागि ४६ जना जडीबुटी व्यवसायीले अनुमतिपत्र लिएको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ ।

जिल्लाका हिमाली गाउँपालिकाको साविकको बिच्छ्या र रुगिन, गौमुल गाउँपालिकाको दहकोट, बूढीनन्दाको कोल्टी, पाण्डुसैन, बडीमालिका नगरपालिका र त्रिवेणी नगरपालिकाको केही भागमा विभिन्न आठ बढी प्रजातिका जडीबुटी सङ्कलनका लागि व्यवसायीले सङ्कलन पूर्जी लिएको डिभिजन कार्यालय बाजुराले बताएको छ ।

जिल्लाका सामुदायिक र राष्ट्रिय वनबाट मङ्सिर र पुस महिनामा चिराइतो, पाषणभेद, कटुकी प्रजातिका जडीबुटी सङ्कलन गर्न व्यवसायीहरु कार्य क्षेत्रमा गएको बताइएको छ ।

यसैगरी टिमुर, रिठा, सुगन्धवाल सङ्कलन गर्ने कार्य भइरहेको डिभिजन वन कार्यालय बाजुराका प्रमुख भीमप्रसाद कँडेलले जानकारी दिनुभएको छ । उहाँका अनुसार जिल्लाका दर्ता भएका ४६ जडीबुटी व्यवसायीले डिभिजन वन कार्यालयबाट जडीबुटी सङ्कलन अनुमति लिएर सामुदायिक वन र राष्ट्रिय वनमा सङ्कलन गर्न थालेको बताउनुभयो ।

पछिल्लो समयमा जिल्लामा पाँचऔँले, जटामसी र सेतक चिनी प्रजातिका जडीबुटी सङ्कलनमा रोक लगाइएको डिभिजन प्रमुख कँडेलको भनाइ छ । यी प्रजातिका जडीबुटी सङ्कलन गरेको पाइएका वन ऐनअनुसार कानूनी कारवाही गरिने डिभिजन प्रमुख कँडेलले राससलाई बताउनुभयो ।

जिल्लामा सङ्कलन गरिने विभिन्न प्रजातिका जडीबुटीबाट हरेक वर्षमा रु आठ लाखदेखि २२ लाखसम्म राजस्व सङ्कलन हुने गरेको बताइएको छ । फरकफरक प्रजातिका जडीबुटीबाट प्रतिकेजी रु १३ देखि रु २५ हजारमा बिक्री हुने गरेको पाइएको छ ।

जडीबुटीको जातका आधारमा बिक्री हँुदै आएको जिल्ला जडीबुटी व्यवसायी सङ्घ बाजुराले जनाएको छ । नौ स्थानीय तहमध्ये गौमुल गाउँपालिकाले पाँच वर्षसम्म कुनै पनि प्रजातिका जडीबुटी सङ्कलन गर्न प्रतिबन्ध गरेको छ । जडीबुटी व्यवसायीले मनोमानीरुपमा निकाल्ने गरेकाले गाउँपालिकाले जडीबुटी सङ्कलनमा रोक लगाएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभएको छ ।

जिल्लामा विभिन्न मौसममा विभिन्न प्रजातिका जडीबुटी सङ्कलन हुँदा जडीबुटीको बीउसमेत नपाइने अवस्था रहेको पाइएको छ । व्यवसायीले जडीबुटी सङ्कलन गर्दा जडीबुटीको बीउसमेत सङ्कलन गर्न थालेकाले आउँदा वर्षदेखि जडीबुटी पाउन कठिन हुने स्थानीयले बताएका छन् । रासस