५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब चुनावको तयारीमा लाग्ने छौँ : ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशनपछि चुनावको तयारीमा लाग्ने बताउनुभएको छ । पार्टीको १० औँ महाधिवेशको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले मुलुकको सार्वभौमसत्ताको रक्षा र विकासका लागि एमालेलाई एकल बहुमत चाहिएकाले महाधिवेशन लगत्तै चुनावको तयारीमा होमिने बताउनुभयो । 

निकट भविष्यमा हुने चुनावहरु आउँदैछन् भन्दै ओलीले भन्नुभयो, “अब हामी चुनावको तयारीमा जानेछौँ, जनमत तयार गर्नेछौँ र एकल बहुमत ल्याएर देशको सार्वभौमसत्ता र लोकतन्त्रको रक्षा गर्नेछौँ ।”

लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता ल्याउनेछौँ

ओलीले भारतसँग संवाद गरेर नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमीन फिर्ता ल्याउनुपर्ने बताउनुभयो । 

“हामीले नेपालको नयाँ नक्सामा हाम्रो भूगोल लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेका छौँ”, उहाँले भन्नुभयो, “अब हामीले हाम्रो छिमेकीसँग संवाद गरेर त्यो जमीन फिर्ता लिनेछौँ, ती जमीन फिर्ता नलिएसम्म हामीलाई दबिएको र हेपिएको अनुभति भइरहन्छ, हामीले त्यो जमीन फिर्ता ल्याएर वास्तविक मित्रता र छिमेकीको सम्बन्ध बनाउन चाहन्छौँ ।”