४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

चियाको राजधानीमा कफीको व्यावसायिक खेती

चियाको राजधानीमा कफीको व्यावसायिक खेती
अ+ अ-

इलाम । इलाम चियाका लागि प्रख्यात क्षेत्र हो । यहाँ उत्पादनका हिसाबले मात्र नभइ मनोरञ्जनात्मक दृष्टिले चियाको महत्व ठूलो छ । पछिल्लो समय यहाँ चिया किन्न आउनेसँगै चियाबारीको अवलोकन गर्ने र वनभोज खाने सम्मका बाह्य तथा आन्तरिक पर्यटक भेट्टिन्छन् । चियाको यही प्रख्यात क्षेत्रमा पछिल्लो समय भने कफीको व्यावसायिक खेती शुरु हुन थालेको छ ।

“चियाकै प्रतिस्थापनका रूपमा चिनिएको कफीबाट लाखौं आम्दानी गर्दै आएका छन्, अन्य परम्परात भन्दा कफीखेती सजिलो भएकाले यसतर्फ आकर्षित भएको हो,” इलाम माइजोगमाइका कफी किसान गञ्जु प्रधान बताउनुहुन्छ । प्रधानले हाल वार्षिक तीन देखि चार सय मन एक मनमा ४० किलो कफी उत्पादन गर्नुहुन्छ । कफीबाट राम्रो आम्दानी हुने बुझेपछि अन्य खेतीलाई विस्थापन गरेर कफी शुरु गरेको उहाँको भनाइ छ ।

खेती मात्र नभइ बिक्रीसमेत आफै गर्दै आउनुभएका प्रधानले गाउँघरमा कफी खेतीका बारेमा जानकारी समेत दिँदै आउनुभएको छ । “पराम्परात खेती गर्नुभन्दा कफीबाट धेरै फाइदा मिल्छ । चारदेखि पाँचवर्ष सम्ममा कफीबाट उत्पादन लिन सकिन्छ,” उहाँले भन्नुभयो ।

प्रधानले थप्नुभयो,“हामी जेमा पनि दुःख नगरी हुदैन । दुःख गर्दा पनि आम्दानीमूलक क्षेत्रमा लगानी गर्दा राम्रो हुन्छ ।” आम्दानी मात्र नभइ बजार पनि राम्रो भएकाले यसको खेती शुरु गरेको किसानको भनाइ छ ।

तालीम तथा दक्षजनशक्ति भएमा खेती गर्न सहज हुने अर्का कफी किसान दीप लामाको भनाइ छ । सूर्योदय नगरपालिकाको ‘फिक्कल टी एण्ड कफी कम्पनी’ खोल्नुभएका लामाले कफी खेती मात्र नभइ प्रशोधन गर्ने गर्नुभएको छ । उहाँले यहाँ कफीको प्रशोधन गरेर काठमाडौँंमा बेच्ने गर्नुभएको छ । बीस वर्षअघि इलामको केही ठाउँमा कफी लगाइए पनि उत्पादनले राम्रो भाउ नपाउँदा खेती विस्तार हुनसकेको थिएन । विश्व बजारमा नेपाली कफीको माग बढेसँगै इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुममा ठूलो क्षेत्रमा कफी लगाइएको चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्र अधिकारीले बताउनुभयो ।

नेपालको उच्च पहाडी क्षेत्रमा उत्पादन भएको कफीको माग राम्रो छ अधिकारीले भन्नुभयो, “पहाडी क्षेत्रमा उत्पादन भएको कफीको गुणस्तर राम्रो हुने भएकाले माग राम्रो छ ।”

नेपालमा अरविगा जातको कफी लगाइने गरेको छ । समुद्री सतहको आठ सयदेखि १६ सयसम्मको उचाइमा कफी राम्रो उत्पादन हुन्छ । प्रमुख अधिकारीका अनुसार नेपालमा पाँच सय मेट्रिक टन कफी उत्पादन हुन्छ भने विश्व बजारमा यहाँको सात हजार टन कफीको माग छ । नर्सरीबाट बगैँचामा लगाएको तीन वर्षपछि फल्न शुरु हुने कफी रोपेको ५० वर्षसम्म उत्पादन हुन्छ । एउटा बोटमा वर्षेनी पाँच/सात किलोसम्म कफी फल्छ । अहिले प्रतिकिलो ५० देखि ८० रुपियाँसम्ममा कफीको दाना किनबेच हुने गरेको छ । रासस