३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा यस वर्षकै सबैभन्दा चिसाे, तापक्रम ०.५ डिग्री सेल्सियस



अ+ अ-

काठमाडौँः काठमाडौँ उपत्यकाको तापक्रम एक डिग्रीभन्दा तल झरेको छ । तापक्रम घटेसँगै आज साेमबार वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार साेमबार उपत्यकाको तापक्रम वर्षकै सबभन्दा कम मापन गरिएको छ । काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।

आइतबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ० डिग्री सेल्सियस थियो । अब केही दिन काठमाडौँको न्यूनतम तापक्रम ० देखि ३ को हाराहारीमा रहने मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

तापक्रम निरन्तर घट्दै गयो भने काठमाडौँको तापक्रम केही दिनमै माइनसमा झर्न सक्ने महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणानुसार डडेल्धुरा, धनकुटा, नेपालगञ्ज, सिमरा र पोखराको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै जिरी, जोमसोम र जुम्लाको तापक्रम माइनसमा झरेको छ । विभागका अनुसार धरानको न्यूनतम तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियस अधिकतम २४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।