५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवासम्बन्धी नयाँ नीति बन्छ: उपप्रधानमन्त्री यादव

आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवासम्बन्धी नयाँ नीति बन्छ: उपप्रधानमन्त्री यादव
अ+ अ-

काठमाडाैंः  उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवालाई थप प्रवर्द्धन एवम् सेवाको पहुँच विस्तार गर्न नयाँ नीति ल्याइने जानकारी दिनुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवालाई सङ्घीय संरचनामा थप प्रवर्द्धन गर्न र ती सेवाका कर्मचारी समायोजन गर्दा तहगत दरबन्दी गर्न विभिन्न संघसंस्थाले बुझाएको ध्यानाकर्षणपत्र साेमबार मन्त्रालयमा ग्रहण गर्दै उहाँले भन्नुभयो “हरेक स्थानीय तहमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा पु¥याउने सरकारको नीति छ ।”

उपप्रधानमन्त्री यादवले मेडिकल र आयुर्वेद दुवै चिकित्सालाई समानरुपमा प्रवर्द्धन तथा विस्तार गरी सबै जनताको पहुँचमा पु¥याइनेछ भन्नुभयो ।

नेपाल आयुर्वेद चिकित्सक सङ्घ, सिभिल आयुर्वेद चिकित्सक सङ्घ र नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजले संयुक्तरुपमा विभिन्न माग राखी उपप्रधानमन्त्री यादवसमक्ष ध्यानाकर्षण गराएको नेपाल आयुर्वेद चिकित्सक सङ्घका अध्यक्ष डा प्रकाश ज्ञवालीले जानकारी दिनुभयो ।

ती मागमा योग, आयुर्वेद, पञ्चकर्म, स्वस्थ्यवृतसम्बन्धी सेवा प्रदान गर्न तथा जडीबुटीसम्बन्धी नीति निर्माण एवम् कार्यान्वयन गर्न गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका सबै स्थानीय निकायमा कविराज, आयुर्वेद सहायक तथा आयुर्वेद चिकित्सक पु¥याउनुपर्ने रहेका छन् ।

हाल ७५३ स्थानीय तहमध्ये २५४ तहमा मात्र आयुर्वेद सेवा रहेको छ । सबै जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना गर्नुपर्ने, प्रदेश संरचनामा कामकाज गर्न खटाइएका कविराज ५, ६ र ७ तहको दरबन्दी कटौती नगरी पुनः कायम गर्नुपर्ने, प्रदेश स्वास्थ्य निर्देशनालयमा आठौँ तहको आयुर्वेद चिकित्सकको दरबन्दी थप गर्नुपर्ने, राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रमा आयुर्वेद विज्ञको दरबन्दी कायम गर्न, सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा ११ औँ तहको आयुर्वेद विज्ञको व्यवस्था गर्नुपर्ने रहेका छन् ।

साथै कर्मचारी समायोजन गर्दा तहगत दरबन्दीका आधारमा गर्न पनि माग गरेको छ । ती सङ्घ, संस्थाले आज नै सङ्घीय मामिला तथा समान्य प्रशासनमन्त्रीको सचिवालय तथा मुख्य–सचिवसमक्ष पनि आफ्नो मागबारे ध्यानाकर्षण गराएको अध्यक्ष डा ज्ञवालीले जानकारी दिनुभयो ।