५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

जलवायु परिवर्तनको प्रत्यक्ष असर किसान र महिलामा : राष्ट्रपति भण्डारी

जलवायु परिवर्तनको प्रत्यक्ष असर किसान र महिलामा : राष्ट्रपति भण्डारी
अ+ अ-

सिन्धुपाल्चोक । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिलाई सिंगारेर विकासमा अघि बढ्नुपर्ने भन्दै विकासका नाममा प्रकृति र वातावरण नबिगार्न आग्रह गर्नुभएको छ । विकासका नाममा प्रकृति र वातावरण बिग्रँदो अवस्थामा रहेको बताउदै प्रकृतिलाई बिगार नगरी विकासको बाटोमा अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

सोमबार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ गुफाडाँडामा राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका असर न्यूनिकरणमा सबै सचेत बन्नुपर्ने बताउनुभयो । जलवायु परिवर्तनको प्रत्यक्ष असर किसान र महिलामा परिरहेको भन्दै राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण ग्रामीण महिलाको जनजीवन कष्टकर बनिरहेको बताउनुभयो ।

‘वनस्पति र वन्यजन्तुमा जलवायु परिवर्तनको असर परिरहेको छ, सबै क्षेत्रमा यसको असर व्यहोरिरहेका छौं’, उहाँले भन्नुभयो– ‘किसान र ग्रामीण महिलाले जलवायु परिवर्तनको असर झेलिरहेका छन् ।’

केही समयअघि पोल्यान्ड पुगेर वातावरण संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय मञ्चमा नेपालले आफूलाई सशक्त रुपमा प्रस्तुत गरेको उहाँले बताउनुभयो । पूर्वाधार विकास र भौतिक निर्माणका क्रममा वातावरणीय असरमा ध्यान दिन जनप्रतिनिधिलाई उहाँले सुझाउनुभयो ।

‘हाम्रा पूर्वजले जलवायु अनुकूलनका लागि धेरै प्रयास गर्नुभयो, अब हामीले पनि जलवायु परिवर्तनका असरबाट बाँच्न अनुकूलनका उपाय अपनाउनुपर्दछ’ –उहाँले भन्नुभयो ।

बढ्दो नदी दोहनप्रति इंगित गर्दै उहाँले गिटी, बालुवा उत्खननका बहानामा नदी दोहन गर्ने काम बन्द गर्नुपर्ने बताउनुभयो । जलवायु अनुकूलन योजना निर्माण र असर न्यूनीकरणका लागि तिनै तहका सरकारले समान लक्ष्य र सहकार्यका साथ अघि बढ्नुपर्ने भण्डारीले बताउनुभयो ।

सम्मेलनलाई सम्बोधन गर्दै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको सवाल आम चासो र सरोकारको विषय भएको भन्दै जलवायु परिवर्तनमा नेपालजस्ता मुलुकका भूमिका नरहे पनि प्रभाव भने सबैभन्दा बढी झेलिरहेको बताउनुभयो ।

मन्त्री बस्नेतले पनि जलवायु अनुकूलनका योजनासहित वातावरण सन्तुलित विकासमा लाग्न जनप्रतिनिधिलाई सुझाव दिनुभयो । ‘हामी राष्ट्रिय जलवायु नीति निर्माणको चरणमा छौं, जलवायु परिवर्तनका सवालमा हामी गल्तीविनाको सजाय भोग्दै छौं’ –वन तथा वातावरणमन्त्री बस्नेतले भन्नुभयो ।
सम्मेलनलाई सम्बोधन गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जलवायु परिवर्तनका असर न्यूनीकरणमा स्थानीय सरकारका भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

जलवायु परिवर्तनको सवाल अन्तर्राष्ट्रिय एजेन्डा बनिरहेको भन्दै पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले नेपालका सन्दर्भमा जलवायु परिवर्तनको असर आर्थिक क्षेत्रमा परिरहेको बताउनु भएको नेपाल समचारपत्रमा खबर छ ।

कूटनीतिक कौशलताका साथ नेपालले यो एजेन्डालाई अन्तर्राष्ट्रिय फोरममा उठाउनुपर्नेमा जोड दिनुभयो ।

पूर्वमन्त्री एवम् सांसद शेरबहादुर तामाङले जलवायु परिवर्तनका कारण हिमालहरु काला पहाड बनिरहेको भन्दै वनस्पति र वन्यजन्तुले पनि त्यसको मार खेपिरहेको बताउनुभयो ।