१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयो राष्ट्रपतिबारे सनसनीपूर्ण खुलासा, यौन सम्बन्ध राखेको स्वीकार



अ+ अ-

काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्ते एक पटक फेरि विवादमा आएका छन् । उनले एउटा सनसनीपूर्ण खुलासा गरेका छन्, जसले फिलिपिन्समा भूकम्प ल्याईदिएको छ ।

उनी आफैंले आफूले एक कामदार महिलासँग यौन सम्बन्ध राखेको स्वीकार गरेका छन् । एउटा भाषणका क्रममा उनले आफू जवान रहेको बेला आफ्नै घरकी एक कामदारसँग यौन सम्बन्ध राखेको स्वीकार गरेका हुन् ।

उनी यसअघि पनि केही पटक यस्ता भाषणका कारण विवादमा आएका थिए, तर यसपटक उनी थप संकटमा परेका छन् । केही संगठनले उनको राजीनामा समेत मागेका छन् ।

फिलिपिन्स र मध्यपूर्वसहित एसियाली देशमा महिलाहरु घरेलु कामदारको रुपमा काम गर्छन् । फिलिपिन्समा मात्रै करिब १० लाख मानिसले घरेलु कामदारको रुपमा काम गर्छन् । यसैवर्षको सुरुमा एक प्रत्यक्ष कार्यक्रममा महिलालाई किस गरेपछि उनी विवादमा आएका थिए । समाचार राजधानी दैनिकमा छ ।




भर्खरै