३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायण गोपाल युवा सङ्गीत पुरस्कार सङ्गीतकार जङ्गमलाई



अ+ अ-

काठमाडौँ । यो वर्षको ‘नारायणगोपाल युवा सङ्गीत पुरस्कर’ युवा गायक तथा सङ्गीतकार अजर जङ्गमलाई प्रदान गरिने भएको छ ।

पुरस्कार छनोट समितिका अध्यक्ष एवं वरिष्ठ गीतकार विश्व बल्लभको अध्यक्षतामा बसेको बैठकले जङ्गमलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको राष्ट्रिय युवा सेवा कोषका अध्यक्ष भीमबहादुर अधिकारीले बताउनुभयो । सो पुरस्कारको राशि रु ४० हजार, स्वर्णपदक र प्रमाणपत्र रहेको छ ।

यस्तै ‘अरनिको युवा कला पुरस्कार’ यो वर्ष युवा कलाकारद्वय समुद्रमान श्रेष्ठ र सुन्दर लामालाई संयुक्तरूपमा प्रदान गरिने कोषले जनाएको छ । उक्त पुरस्कारको राशि संयुक्तरूपमा रु ५० हजार, स्वर्णपदक र प्रमाणपत्र रहेको छ ।

कोषद्वारा विसं २०४८ मा स्थापित ‘नारायण गोपाल युवा सङ्गीत पुरस्कार’ विविध साङ्गीतिक विधामा निरन्तर सक्रिय रहँदै सङ्गीत, गायनका कलात्मकता एवं सिर्जनशीलताको श्रीवृद्धिमा मुलुकको मौलिक, सांस्कृतिक प्रवृत्तिमा प्रतिबद्ध रही योगदान पु¥याउने ४० वर्ष ननाघेका युवा गायक तथा सङ्गीतकारलाई प्रदान गरिँदै आइएको छ ।

कोषले राष्ट्रिय विभूति अरनिकोको स्मृति एवं सम्मानको साथै कलाको संरक्षण र विकासमा प्रोत्साहन गर्न २०५७ सालमा ‘अरनिको युवा कला पुरस्कार’ स्थापना गरेको थियो ।

रासस