३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजार आज पुनः घट्यो



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घट्ने क्रम रोकिएन । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ३६ बिन्दुले घटेर एक हजार १८५ दशमलव ९१ बिन्दुमा झरेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३३ बिन्दुले घटेर २५१ दशमलव ८३ बिन्दुमा झरेको छ । स्टकका अनुसार आज नेप्से परिसूचकको साथ साथै कारोवार रकमसमेत घटेको छ । कूल १५६ कम्पनीको छ लाख ८९ हजार ७२० कित्ता शेयर रु २२ करोड ८५ लाख ४३ हजार ४१५ मूल्यमा खरीद बिक्री भयो ।

कारोवार भएका कूल नौ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर बढेको छ । त्यसमा निर्जीवन बीमा नौ दशमलव ७२, लघुवित्त तीन दशमलव २४ र जीवन बीमा शून्य दशमलव ६३ बिन्दुले बढेको छ । यस्तै बैंकिङ दुई दशमलव १३, होटल चार दशमलव ९१, विकास बैंक एक दशमलव ४५, जलविद्युत् तीन दशमलव ८६, वित्त शून्य दशमलव ३४ र अन्य शून्य दशमलव शुन्य दुई बिन्दुले घटेको छ ।

घटेको बजारमा कालिका लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था सिद्धार्थ इन्स्यारेन्स कम्पनीका शेयरधनीले आज कमाएका छन् । साङ्ग्रिला डेभलपमेन्ट बैंक, राधी विद्युत् कम्पनी, प्रभु बैंक, नागबेली लघुवित्त विकास बैंक र कालिका पावर कम्पनीका शेयरधनीले बढी गुमाएका छन् ।