१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन महिनामा २ कराेड ६५ लाख विदेश भ्रमण खर्च, एपिएफ सम्मेलनमा सुरक्षा खर्च २ कराेड २९ लाख



अ+ अ-

Govt expenditure for travel

काठमाडाैं – नेपाल सरकारका अर्थमन्त्री युवराज खतिवडा खर्च व्यवस्थापनमा निकै कडा भनेर बजारमा प्रचार गरिएकाे छ । तर अर्थ मन्त्रालयकै तथ्याँकले सरकारी फजूल खर्चमा नियन्त्रण गरेकाे पाइएकाे छैन ।

अर्थ मन्त्रालयका अनुसार, चालू अार्थिक वर्षकाे साउनदेखि मंसिर महिनाभित्र राष्ट्रपति, मन्त्री र संवैधानिक निकायका लागि २ कराेड ६५ लाख ९५ हजार थप निकासा भएकाे छ । सबैभन्दा बढी राष्ट्रपति विद्यादेवी भण्डारीकाे कतार भ्रमणका लागि खर्च भएकाे छ । कतार भ्रमणमा राष्ट्रपतिका लागि १ कराेड २० लाख खर्च भएकाे छ ।

यस्तै, स्वास्थ्य मन्त्री र मातहतका कर्मचारीका लागि २५ लाख ४८ हजार, उद्याेग मन्त्रालयका लागि २४ लाख ४ हजार, कानुन मन्त्रालयका लागि १८ लाख ६० हजार, जलमार्गकाे सम्भाव्यता अध्ययन गर्ने टाेलीकाे भारत भ्रमणका लागि ८ लाख २४ हजार, महिला बालबालिका मन्त्रालयका लागि १२ लाख, अर्थ मन्त्रालयका लागि ३५ लाख ७७ हजार, रक्षा मन्त्रालयका लागि १३ लाख ४ हजार, संघीय मामिलाका लागि ३ लाख ४४ हजार तथा निर्वाचन अायाेगका लागि १ लाख ६७ हजार निकासा भएकाे छ ।

एसिया प्यासिफिक सम्मेलन

पछिल्लाे समय सर्वाधिक विवादकाे घेरामा परेकाे एसिया प्यासिफिक सम्मेलनका लागि भन्दै गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले २ कराेड २८ लाख ९८ हजार निकासा पाएका छन् ।

उक्त रकममध्ये गृह मन्त्रालयले ४५ लाख ४६ हजार, नेपाल प्रहरीले एक कराेड ५ लाख, सशस्त्र प्रहरीले ६५ लाख ६५ हजार र राष्ट्रिय अनुसन्धान विभागले १२ लाख ८७ हजार लिएका छन् ।

विमस्टेक सम्मेलन

विमस्टेक सम्मेलनका लागि राजधानीका सडक मर्मत गर्न १० कराेड २६ लाख निकासा भएकाे छ भने भिअाइपीकाे सुरक्षाका खातिर बुलेट प्रुफ सवारीकाे भाडा बापत २ कराेड निकासा भएकाे छ । साथै, राष्ट्रिय अनुसन्धान विभागले ८ लाख ५० हजार बुझेकाे छ ।

फजुल खर्चकाे एक नमूना

नेपालकाे संविधानका बारेमा विदेशका केही प्राध्यापकलाइ बाेलाएर राजधानीमा गाेष्ठी गर्न काठमाडाैं स्कुल अफ ल लाइ सरकारले भदाै महिनामा ३० लाख निकासा दिएकाे पाइएकाे छ ।

कस्ता पाेखरी?

सरकारले मंसिर महिनामा सातै प्रदेशमा पाेखरी निर्माण गर्ने भन्दै ६ कराेड निकासा गरेकाे छ । जसअनुसार प्रदेश १ लाइ ९२ लाख, प्रदेश २ लाइ १ कराेड ४४ लाख, प्रदेश ३ लाइ ९८ लाख, प्रदेश ४ लाइ ४४ लाख, प्रदेश ५ लाइ १ कराेड २८ लाख, प्रदेश ६ अर्थात कर्णाली प्रदेशलाइ ४८ लाख र सुदूर पश्चिम प्रदेशलाइ ४६ लाख निकासा गरिएकाे छ ।

राेकिएन अनुदान वितरण

सरकारले गृह मन्त्रालयकाे अनुराेधमा विभिन्न व्यक्तिलाइ अनुदान रकम दिएकाे छ । घाइते, बलात्कार पीडित, एसिड पीडित लगायतका व्यक्ति एवं संघसंस्थाले यस्ताे अनुदान लिएका छन् । तथापी, केही व्यक्तिलाइ दिइएकाे रकमका बारेमा स्पष्ट छैन । मंसिर महिनामा सरकारले नेत्रनाथ अधिकारीलाइ ७ लाख २० हजार, टुकराज सिग्देललाइ १० लाख, झापाका राजेन्द्र कुमार बिमलीलाइ १६ लाख, झापाकै माध्वा अाेलीलाइ ३ लाख, झापाकै चानक उप्रेतीलाइ ५ लाख, कपिलवस्तुका मुमाराम अाचार्यलाइ १० लाख वितरण गरेकाे छ । साथै अन्य धेरै व्यक्तिले उपचार खर्च लिएकाे देखिन्छ ।