१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इतिहासकै ठूलो भ्रस्टाचार गरेको भन्दै कम्युनिष्ट सरकार यि मन्त्री कारबाहीमा



अ+ अ-

काठमाडौं । कम्युनिष्ट सरकाकार पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई वाइडवडी विमान खरिद प्रकरणमा अनियमितता गरेको आरोपमा कारबाही गरिने भएको छ । संसदको सार्वजनिक लेखा समितिका अनुसार पूर्वमन्त्रीसहित बहालवालामन्त्रीलाई समेत कारबाहीका लागि सिफारिस गर्ने तयारी गरेको हो ।

कारबाहीमा पर्नेहरुमा पूर्वमन्त्रीहरू दिलनाथ गिरी, जीवनबहादुर शाही र जितेन्द्र नारायण देव र बहालवाला मन्त्री अधिकारीलाई पनि कारबाहीको सिफारिस गरिएको छ ।

समितिले तयार पारेको ५७ पृष्ठ लामो प्रतिवेदनमा ५० भन्दा बढी निष्कर्ष र सिफारिस गरिएको छ । बुधवार दिउँसो ११ बजे मात्र प्रतिवेदन समितिलाई बुझाउने तयारी गरिएको छ ।
३ अर्ब ७७ करोड अनियमितता भएको ठहर गर्दै समितिले बैठकमा मन्त्री अधिकारीका मिलोमहत्वमा महालेखा परिक्षककै सुझावअनुसार विमानको किस्ता बुझाउन अनुमती दिएको बताएका थिए । तर, अधिकारीको उक्त भनाईको खण्डन गर्दै महालेखा परिक्षकले मन्त्रीले झुट बोलेको पोल खोलेका थिए ।