५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

कम्युनिष्ट नेताको दादगिरि, यसरी कुटिए सरकारी कर्मचारी

कम्युनिष्ट नेताको दादगिरि, यसरी कुटिए सरकारी कर्मचारी
अ+ अ-

लमजुङ। लमजुङमा एक नगरपालिकाका लेखापाल कार्यकक्षमा रगताम्य हुने गरी कुटिएका छन् । सुन्दरबजार नगरपालिकामा सो घट्ना भएको हो ।
नगरपालिकाको औषधि खरिद सम्बन्धी टेण्डरका बारेमा लेखापाल श्याम पराजुलीलाई स्थानीय जनशक्ति युवा क्लबका अध्यक्ष नवीन श्रेष्ठले मरणासन्न हुने गरी कुटेको सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन बानियाले बताउनुभयो ।

पराजुलीको उपचार जिल्ला अस्पतालमा सम्भव नभएपछि गण्डकी अस्पताल पोखरामा रिफर गरिएको र मंगलबार इमरजेन्सीमा भर्ना गरेर उनका दाजु उदयबहादुर पराजुली र बैनी ज्वाईलाई जिल्ला लगाएर आफू फर्केको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताउनु भयो ।

सो नगरपालिकाले केही दिन अघि औषधि खरिदको टेण्डर आह्वान गरेको थियो, टेण्डर दिन आएका काठमाडौँको एक कम्पनीको टेण्डर तोक लगाएर दर्ता गर्ने क्रममा एक व्यक्तिले च्यातिदिएको थिए । त्यही कारण नगरपलिकाको रिटेण्डर गराएको थियो । यस पटक पनि सोही विषयमा लेखापाल पराजुली कुटिनुभएको हो ।

नवीन श्रेष्ठ तत्कालीन एमाले निकट युवा संघको सुन्दरबजार नगरपालिकाको नगर कमिटिको वरिष्ठ उपाध्यक्ष समेत रहेका उनले अघिल्लो पटकको टेण्डर हुँदा पनि एक कम्पनीको टेण्डर फार्म खोसेर लगी एक दिन राखे पछि भोलिपल्ट नगरपालिका एक पदाधिकारीले सम्झाई फिर्ता ल्याउने काम गर्नुभएको नगरपालिकाका एक कर्मचारीले नाम नछाप्ने सर्तमा बताए । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।