७ आश्विन २०८१, सोमबार
,
Latest
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान मुगुको मुहार काठमाडौंमा -फोटो फिचर सहकारी ठगी प्रकरण: छविलाल जोशीलाई म्याद थप गर्न अदालत लगिँदै चर्चित धावक रोकायालाई ‘उज्ज्वल तारा खेल सम्मान—२०८१’ प्रदान गरिने श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलालाई मन्दीरमा निषेध, प्रवेश गर्न खोज्दा झडप



अ+ अ-

काठमाडौं । भारतको एउटा मन्दिरमा महिलाहरू प्रवेश गर्न लाग्दा बुधबार झडप भएको छ ।

परम्परागतरूपमा महिलालाई निषेध गरिएको सो मन्दिरमा परम्पराविपरित प्रवेश गर्न लागेको भन्दै अवरोध भएपछि झडप भएको हो ।

अदालतले मन्दिरमा प्रवेश गर्न दिनुपर्ने आदेश केही समय पहिले दिएपछि अहिले महिलाहरू मन्दिर प्रवेश गर्न खोजे पनि स्थानीयले प्रवेश गर्न नदिएको समाचारमा जनाइएको छ ।

झडपलाई रोक्नका लागि प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो भने झडपका क्रममा दुवैतर्फका केही घाइते भएका छन् ।

भारतको दक्षिणी क्षेत्रमा पर्ने केरला राज्यमा रहेको सबरीमाला मन्दिरमा महिलाहरूलाई पनि प्रवेश गर्न दिन सर्वोच्च अदालतले गत सेप्टेम्बरमा फैसला गरेको थियो ।

सो मन्दिरमा रजस्वला हुने उमेर भएका १० देखि ५० वर्षका महिलालाई प्रवेश गर्न नदिइने परम्परा गलत भएको अदालतको ठम्याई थियो ।

रजस्वला हुँदा अपवित्र हुने मान्यताका कारण महिलाहरूले धार्मिक कार्यमा सहभागी हुन वा मन्दिरमा प्रवेश गर्न हुँदैन भन्ने प्रचलन रहेको छ । सो प्रचलनबाट लैङ्गिक भेदभाव भएको भन्दै मुद्दा परेपछि अदालतबाट मन्दिर प्रवेशमा निषेध गर्न नपाइने फैसला गरेको हो ।

फैसला सुनाउँदै भारतका प्रधानन्यायाधीश दीपक मिश्रले ’प्रतिष्ठा र परिचयका लागि धर्म’ भएको भन्दै ’धर्मको अनुशरण गर्ने अधिकार महिला पुरुष दुवैलाई बराबर भएको’ उल्लेख गरेका थिए ।

तर मिश्रको नेतृत्वमा बसेको पाँच सदस्यीय संवैधानिक इजलासमा रहेकी एक मात्र महिला न्यायाधीश इन्दु मलहोत्राले भने यस फैसलामा असहमति जनाएका थिए । उनको असहमतिका बाबजुद बहुमतका आधारमा यो फैसला भएको हो ।

गहिरो धार्मिक भावना भएका विषयमा अदातलले हस्तक्षेप गर्न नहुने र अदालतको हस्तक्षेपले अन्य धार्मिक विषयमा पनि असर पर्नसक्ने मलहोत्राकोे भनाइ छ ।

सबरीमाला भगवान अयप्पाको मन्दिर हो र उहाँ ब्रह्मचारी हुनुहुन्थ्यो, त्यसैले रजस्वला भएका महिलालाई त्यहाँ प्रवेश गर्न दिनु हुँदैन भन्ने मान्यता रहेको बताइन्छ । समाचार राजधानी दैनिकमा छ ।