६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

पानीमा लाग्यो कम्युनिष्ट सरकारको आँखा, २२ दिनदेखि काम ठप्प

पानीमा लाग्यो कम्युनिष्ट सरकारको आँखा, २२ दिनदेखि काम ठप्प
अ+ अ-

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार कम्पनीका सीईओ (प्रमुख कार्यकारी अधिकृत) पाओली पोर्सेलीसहितको टोली नेपाल आउँदैछ ।

आयोजनाको मुख्य ठेकेदार कम्पनी को–अपरेटिभ मुरातोरी ई सेमेन्तेस्टी (सीएमसी दि रेभेन्ना) को उक्त टोली आएपछि मेलम्चीमा देखिएको समस्याको समाधानका लागि निर्णायक वार्ता हुने आयोजना स्रोतले बताएको छ ।

तर आयोजनाको काम विगत २२ दिनदेखि ठप्प रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीब्र गतिमा काम भइरहेको भनेर केही दिनअघि भाषण गरेपनि काम ठप्प अवस्थामा छ ।

आयोजनाका उच्च अधिकारीका अनुसार सोमबार फर्किने र वार्ता गरेर बाँकी रहेको मेलम्चीको काम सम्पन्न गर्ने भन्दै ती कम्पनीका कर्मचारीहरू स्वदेश फर्केका हुन् । ‘ठेकेदार कम्पनीका कर्मचारीहरु चाड मनाउन भन्दै पुस २३ मा फर्कने शर्तमा नेपाल छोडेका थिए । ‘आएपछि निर्णायक वार्ता बसेर समाधान निकालिने भनेको छ,’ आयोजना स्रोतले भन्यो ।
अब आयोजनाको काम सम्पन्न गर्न कसरी जाने, के गर्ने भन्ने विषय उक्त वार्ता नै निर्णायक हुने उनको भनाइ छ ।

खानेपानी मन्त्रालयका सहसचिव शंकर सुवेदीले सोमबारदेखि इटालिएन टोली नेपाल फर्कने कुरा भएको बताए ।
‘प्रमुख नै आउने हो कि प्रतिनिधि मात्रै आउने हो त्यो चाहिँ खुलेको छैन’, उनले भने, ‘आउने भनेको छ । आएपछि काम थप अगाडि बढ्न वार्तालाई माध्यम बनाइने छ ।’

क्रिसमस र नयाँ वर्ष मनाउने नाममा देश छाड्न लागेका सीएमसीका कर्मचारीलाई पुस १ गते बेलुका त्रिभुवन विमानस्थलमा पक्राउ गरी राहदानी जफत गरेको थियो । पुस २३ मा फर्केर आउने र आयोजनाको बाँकी काम सम्पन्न गर्ने सहमतिमा इटालियन दूतावासको रोहबरमा उनीहरुलाई आफ्नो देश फर्कन दिइएको थियो । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

ठेकेदारले साइट छोडेपछि मेलम्चीको काम २२ दिनेदेखि ठप्प भई अलपत्र अवस्थामा पुगेको छ । मेलम्चीको सुरुङ ढलान एक किलोमिटर बाँकी छ । कंक्रिट लाइनिङको काम (६) मिटर बाँकी छ । इन्टेकको काम पनि पूरा भएको छैन ।

हाइड्रो मेकानिकल गेट बन्द गर्ने काम भइसकेको छैन। ३ ओटा भेन्टिलेसन साफ्टको काम बाँकी नै छ भने पर्मानेन्ट हेडवोक्र्स बनाउँनै बाँकी छ ।

सरकार र सीएमसीबीच लामो समयदेखि क्षतिपूर्ति विवाद चल्दै आएको छ । ठेकेदार कम्पनी सीएमसीले भूकम्प, नाकाबन्दीलगायतका बेला काम हुन नसकेको भन्दै आयोजनासँग ठूलो रकम क्षतिपूर्ति माग्दै आएको थियो ।

सरकार, आयोजना र ठेकेदारका प्रतिनिधि सम्मिलित डिस्प्युट बोर्ड ९विवाद समाधान समिति० ले झन्डै महिना दिनअघि सीएससीलाई मर्का परेको ठहर गर्दै मागदाबी गरेको रकममध्ये ३५ करोड रुपैयाँ क्षतिपूर्ति दिन सुझाएको थियो ।

तीन वर्षभित्र सम्पन्न गरिसक्ने गरी ७ अर्ब ७२ करोडमा लागतमा २०७० असार ३१ गते सम्झौता भएको थियो । तर तोकिएको समयभित्र बन्नुको साटो पटकपटक आयोजना सम्पन्न भएर पानी काठमाडौं आइपुग्ने भाका तोकिएपनि त्यो भाकामै सीमित छ ।

पछिल्लो विवादसँगै मेलम्ची आयोजना अन्योलमै छ । अहिले लागत रकम बढेर ११ अर्ब पुगिसकेको छ भने ठेकेदार कम्पनीले मात्रै ९ अर्ब रुपियाँ लगिसकेको आयोजनाले जनाएको छ ।

सन् २०१३ मा चिनियाँ कम्पनीले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिए पनि चिनियाँ कम्पनीले समयमा काम गर्न नसकेको भन्दै सरकारले इटालियन कम्पनी सीएमसीलाई ठेक्का दिएको थियो ।