६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

विपद् व्यवस्थापनमा पूर्व तयारी अावश्यक

विपद् व्यवस्थापनमा पूर्व तयारी अावश्यक
अ+ अ-

विराटनगरः विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा प्रदेश सरकारले उच्च प्राथमिकताका साथ पूर्वतयारी अवस्थामा बस्नुपर्ने सहभागीले जोड दिएका छन् ।

प्रदेशस्तरीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि विपद् उत्थानशील प्रदेश नीति, विपद् जोखिम व्यवस्थापनमा प्रादेशिक रणनीतिक कार्ययोजना, प्रादेशिक आपत्कालीन प्रतिकार्य ढाँचा र विकास प्रक्रियामा सम्भावित विपद् जोखिम प्रभाव मूल्याङ्कन आवश्यकता र औचित्यसम्बन्धी आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा साेमबार आयोजित एक दिने कार्यशाला गोष्ठीमा सहभागीले सो कुरामा जोड दिएका हुन् ।

‘जतिखेर पर्ला, त्यति खेर टर्ला’ भन्ने मानसिकताबाट टाढा रहेर प्रदेश सरकारले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा ध्यान दिए जनधनको क्षति कम गर्न सकिने र मुलुकको आर्थिक भार पनि कम हुने विश्वास वक्ताहरुले व्यक्त गरेका छन् ।

आगलागी, बाढी, पहिरो, हुरी, बतास, शीतलहर, भूकम्प, सडक दुर्घटना, चट्याङजस्ता विपद्बाट जोगिन आम नागरिकले पनि विशेष चासो राख्नुपर्नेमा वक्ताले प्रष्ट पारेका छन् ।

कार्यक्रममा प्रदेश नं १ का मुख्य सचिव केदार न्यौपानेले विपद् व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय कानूनी व्यवस्था र अभ्यास, एक्सन एडका दिनेश गुरुङले नेपालमा विकास साझेदारबाट विपद् व्यवस्थापनको क्षेत्रमा भएका प्रयासका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राईले विपद् व्यवस्थापनमा अब बन्ने कार्ययोजनाका लागि सुझाव सङ्कलन गर्न साेमबारको बैठकले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

मुख्यमन्त्री राईले विगतका अनुभव र प्रयासलाई सक्दो प्रयोग एवं उपभोग गरी विपद् व्यवस्थापनमा प्रयोग गर्ने बताउँदै प्रदेश सरकारले यसका लागि साधन, स्रोतको व्यवस्थापन गरी आवश्यक पूर्वाधार एवं संरचना तयार पार्ने कुरामा जोड दिनुभयो ।
विपद् व्यवस्थापनका लागि अभियानको रुपमा अघि बढ्ने भन्दै मुख्यमन्त्री राईले यस प्रदेशलाई विपद्को भयमुक्त बनाउने घोषणा गर्नुभयो ।
आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले विपद्का लागि प्रदेश सरकार सचेत र गम्भीर भएकै कारण विपद् व्यवस्थापन विधेयक पास गरेको जानकारी दिँदै विपद्बाट हुनसक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्न आवश्यक कार्य योजना बनाउन लागेको बताउनुभयो ।

सभामुख प्रदीपकुमार भण्डारीले विपद् व्यवस्थापन एवं न्यूनीकरणका लागि प्रदेश सरकारले दीर्घकालीन सोच र योजना बनाउनुपर्ने सुझाव दिनुभयो ।

नेपाली काँग्रेस संसदीय दलका नेता एवं प्रदेशसभा सदस्य राजीव कोइराला, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव गोपाल पराजुली, प्रदेशसभा सदस्य नमोदिता चौधरी, विमल कार्की र टङ्क आङवोआङ तथा नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले विपद् आउनुभन्दा पहिलेको तयारीले ठूलो क्षतिबाट जोगाउन सकिने बताउनुभयो ।