६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अन्यौलमा, असार १३ बाट उडान गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अन्यौलमा, असार १३ बाट उडान गर्ने तयारी
अ+ अ-

काठमाडौं । सरकारले सञ्चालन ढाचा टुंगो लगाउन नसक्दा पूर्वनिर्धारित समयमा भैरहवा विमानस्थल सञ्चालन चुनौतीपूर्ण देखिएको छ । निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी असारदेखि उडान सञ्चालन गर्ने कार्यतालिका तय भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले असार १३ गतेबाट अन्तर्राष्ट्रिय उडान गर्ने तयारी गरेको छ । यसबारे समयमै निर्णय हुन नसक्दा निर्धारित समयभित्र विमानस्थल सञ्चालनमा ल्याउनु चुनौतीपूर्ण भएको प्राधिकरणकै भनाइ छ ।

यो विमानस्थल दुई देशबीचका सरकारको सम्झौता (जीटूजी)मा सञ्चालन गर्ने गरी प्राधिकरण सञ्चालक समितको पुस ५ गतेको बैठकले निर्णय गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको छ । प्राधिकरणले गरेको प्रस्तावलाई मन्त्रालयले मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्ने हुन्छ ।

सरकारबाट निर्णय भएपछि परराष्ट्र मन्त्रालयमार्फत इच्छुक कम्पनी ल्याउनुपर्ने हुनाले जति ढिला भयो उति विमानस्थल सञ्चालन पछाडि धकेलिने प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले बताए । यो विमानस्थलबाट उडान गर्न ‘अपरेसनल रेडिनेस एन्ड एयरपोर्ट ट्रान्सफर (ओरएट) तथा अपरेसनल एन्ड म्यानेजमेन्ट/मेन्टिनेन्स (ओएनएम० गरेर दुई पक्षबाट काम गराउनै बाँकी रहेको उनको भनाइ छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले असार १३ गतेबाट भैरहवामा अन्तर्राष्ट्रिय उडान गर्ने तयारी गरेको छ ।

श्रेष्ठका अनुसार एयर नेभिगेसन, एरोड्रम तथा मेन्टिनेन्स, जीवनोद्वार र आगलागी नियन्त्रण, अध्यागमन, भन्सार, ग्राउन्ड ह्यान्डलिङ, कम्युनिकेसन तथा इक्विपमेन्ट जडानसहित थुप्रै काम बाँकी छ । विमानस्थलमा बस्ने कर्मचारीको क्षमता विकास तालिम, यात्रु सेवालगायत काम ओरएटअन्तर्गत गराउनुपर्छ । ओरएटपछि विमानस्थल सञ्चालन गर्न आवश्यक एरोड्रम, सेक्युरिटी, फ्लाइट प्रोसिड्युरसहित म्यानुअल ओएनएमअन्तर्गत बनाउनुपर्छ ।

अहिलेसम्म भैरहवा विमानस्थल सञ्चालन गर्न कुनै पनि म्यानुअल बनेको छैन । ओरएट र ओएनएमका लागि कम्तीमा ६ देखि ८ महिना लाग्छ । विमानस्थल सञ्चालन, निजी सार्वजनिक साझेदारी ९पीपीपी० का विषयलाई सरकारले जति छिटो निर्णय गर्छ उति चाँडो विमानस्थल सञ्चालन प्रक्रिया अगाडि बढ्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

विमानस्थल सञ्चालन गर्नेले ओरएट गर्छ भन्ने मनसायले प्राधिकरणले योजना तय गरेको छ । विमानस्थल सञ्चालन गर्न तय गरिने प्रक्रियाबारे आवश्यक व्यवस्था मिलाउनुपर्ने हुन्छ । प्रक्रियाका सम्बन्धमा कार्य गर्ने कम्पनीले विमानस्थल सञ्चालन गर्दा सहज हुने भएकाले उसैबाट ओरएट र विमानस्थल सञ्चालन गराउने प्रस्ताव माग गर्ने प्राधिकरणको भनाइ छ । प्राधिकरणले अगाडि बढाएको ओरएट र ओएनएमको काम समयमै गर्न नसके विमानस्थल असारदेखि सञ्चालनमा आउन सक्दैन ।

‘प्राधिकरणले कुनै पनि देश वा विमानस्थलको नाम तोकेर प्रस्ताव गरेको छैन, तर अन्तर्राष्ट्रिय मान्यताका सरकारी कम्पनी आउनुपर्छ’, श्रेष्ठले भने । ओएनएमले गर्ने काम कुन देशसँग कनेक्टिभिटी मिलाउने, अपरेसन तथा म्यानेजमेन्ट गर्न बाँकी नै छ । यसले ग्राउन्ड ह्यान्डलिङ, क्याटरिङ, टर्मिनल व्यवस्थापन, यात्रुको चाप मिलाउने, सेड्युल मिलाउने र पार्किङलगायत काम गर्छ । यो काम ओरएटकै समय तालिका अनुसार गर्न सकिने श्रेष्ठको भनाइ छ ।

प्राधिकरणले भने एयर नेभिगेसन, रेस्क्यु एन्ड फायरफाइटिङ र एयरसाइट म्यानेजमेन्टको काम हेर्छ । विमानस्थल सञ्चालनमा सरकारले दिने स्वीकृतिपछि परराष्ट्र मन्त्रालयलमार्फत सम्भाव्य कम्पनीबाट प्रस्ताव आउँछ । यो प्रक्रियापछि जुनसुकै देशका कम्पनी आउन सक्ने बुझाइ श्रेष्ठको छ । विमानस्थल सञ्चालनको इच्छा देखाएर आउने यस्तो कम्पनीले १० देखि १५ वर्षसम्म सञ्चालन जिम्मा दिन सकिने गरी प्रस्ताव आउने प्राधिकरणको भनाइ छ ।

यो विमानस्थल सञ्चालनको चासो जर्मनीको म्युनिख विमानस्थलले देखाएको भए पनि कुनै कम्पनीको औपचारिक प्रस्ताव नआएको र सरकारी तवरबाट हुने निर्णयका आधारमा तय हुने उल्लेख छ । जीटूजी अवधारणा अनुसार विमानस्थल व्यवस्थापनको जिम्मा दिइने भएकाले कतार, जर्मनी वा अन्य कुनै विदेशी कम्पनी आउन सक्ने गरी बाटो खुला रहेको प्राधिकरणको भनाइ छ ।

एसियाली विकास बैंक (एडीबी)को करिब साढे ६ अर्ब रुपैयाँ ऋण सहयोगमा दक्षिण एसिया पूर्वाधार विकास आयोजनाले विमानस्थल निर्माण गरिरहेको छ ।

प्राधिकरणले एक अर्ब रुपैयाँको प्राविधिक उपकरण राख्ने र ९० करोड रुपैयाँमा कार्गो भवन बनाउने काम अगाडि बढाइसकेको छ । विमानस्थलका लागि आवश्यक भौतिक संरचना तयार हुँदै गएकाले अगामी असारबाट अन्तर्राष्ट्रिय उडान गर्न सकिने तालिका बनेको छ । नियमित उडान गर्न नसके पनि उक्त समयमा उद्घाटन गराउन सकिने गरी तयारी भएको श्रेष्ठको बुझाइ छ ।

विमानस्थल सञ्चालन सुरु गर्नु पहिले अन्तर्राष्ट्रिय उडान गर्न इन्छुक कम्पनीलाई आग्रह गर्नुपर्छ । यसका लागि अन्तर्राष्ट्रिय नियमअनुसार कम्तीमा तीन महिनाको समय दिएर विदेशी वायुसेवालाई बोलाउने, उनीहरूका लागि उडान तालिका उपलब्ध गराउने गर्नुपर्छ । अन्तर्राष्ट्रिय उडान गर्न अन्तर्राष्ट्रिय हवाई उड्डयनको नियम अनुसार एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन ९एआईपी०मा तीन महिना अगाडि नै सूचना जारी गर्नुपर्छ । विमानस्थलको कार्य सकिने अन्तिम तयारीमा पुगेपछि यस्तो सूचना निकाल्ने गरिन्छ ।

प्राधिकरणका अनुसार यो विमानस्थल सञ्चालन गर्न पहिलो चरणमा तीन हजार मिटरको धावनमार्ग बनाउने काम भइसकेको छ । धानवमार्ग बनेपछि हालको १५ सय मिटरको धावनमार्ग ट्याक्सी वे हुनेछ । दोस्रो चरणमा आन्तरिक कार्गो भवन र तेस्रो चरणमा पार्किङ वेसहित काम हुनेछ । विमानस्थल सञ्चालन र यसको क्षमता बढाउँदै जान सकिने भएकाले अन्तर्राष्ट्रिय उडान सुरु गराउन अहिलेसम्मको तयारी र विमानस्थल निर्माणको प्रगतिअनुसार कुनै समस्या नहुने प्राधिकरणको भनाइ छ । समाचार अन्नपूर्ण पोष्टमा छ ।