६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

अनुसन्धान केन्द्रका लागि सम्भाव्यता अध्ययन

अनुसन्धान केन्द्रका लागि सम्भाव्यता अध्ययन
अ+ अ-

रुकुम (पूर्व) । भूमे गाउँपालिकाका–२ र ७ नं वडामा पर्ने मारिङमा झण्डै तीन हजारभन्दा बढी स्याउका बोट छन् । तत्कालीन नेकपा माओवादी र शान्ति स्थापनापछि नेपाल सरकारले दुई र ७ नं वडामा स्याउ फलाउन प्रयास गरेका थिए ।

स्याउखेती गरेको मारिङमा अहिले सागसब्जी पनि फलाउन शुरु गरिएको छ । भूमे गाउँपालिकाको मारिङमा काउली, बन्दागोभी र रायो सागको खेती शुरु गरिएको हो । समुद्री सतहबाट दुई हजार ३०० मिटर उचाइमा रहेको मारिङमा अहिले तीनवटा स्थानीय सरकारको पहल र अग्रसरतामा स्याउ तथा सागसब्जी उब्जनी हुँदैछ ।

द्वन्द्वप्रभावित क्षेत्रको कार्यक्रम, जिल्ला कृषि विकास कार्यालय र जिल्ला भू–संरक्षण कार्यालयको सहयोगमा मारिङमा स्याउ लगाइएको छ । स्याउका लागि अवश्यक पानी जम्मा गर्न ठूलाठूला पोखरी निर्माणका काम पनि भएका छन् ।

अघिल्लो साउनमा पहिलो पटक स्याउका बोटसँगै काउली, बन्दागोभी, प्याज, मुला, सिमी, केराउ, मार्फा जातको रायोको साग र निउरोकोडा जातको गाजर लगाइएको गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताउनुभयो । “मारिङमा यस अघिनै स्याउ लगाइएकोे छ”, उहाँले भन्नुभयो, “तिनको संरक्षण जरुरी भयो । ”

“नर्सरीमा तयार गरिएका बेर्ना अहिले अन्य ठाउँमा सारिइसकेको छ । बेर्ना असाध्यै राम्रा भएकाले सबै अरुमा सारिएको थियो । उत्पादन पनि सोचेजस्तै भयो”, अध्यक्ष बुढाले भन्नुभयो, “हाल उक्त ठाउँ धेरै चिसो भएकोले अन्य जग्गामा खनजोतको मात्र काम भइरहेको छ । फागुनदेखि न्यानो मौसम शुरु हुने भएकोले त्यतिबेला खेती गर्ने गरी थप जग्गाको तयारी भइरहेको छ ।”

स्याउको संरक्षण पनि हुने अरु कृषि र वनको पनि अनुसन्धान हुने भएकाले गाउँपालिकाले प्राविधिकसमेत खटाएको छ । दुईजना कृषिका नायव प्राविधिक सहायक गत साउनदेखि नै मारिङमा खटिएका छन् । खनजोतका लागि एक हल गोरुको पनि व्यवस्था गरी तिनको हेरचाहका लागि एकजना मान्छे खटाइएको छ । उनीहरूले स्याउको हेरचाह सुरक्षा तथा तरकारी, फलफूल, वनको अनुसन्धानका लागि काम गरिरहेका छन् ।

अनुसन्धानकै क्रममा तरकारी कस्तो फल्छ, त्यसको स्वाद कस्तो हुन्छ भनी यसवर्ष तरकारीखेती गरिएको गाउँपालिकाले जनाएको छ । अग्लो ठाउँ भएकाले तरकारी राम्रो उत्पादन भएमा त्यसलाई बीउ उत्पादनतर्फ केन्द्रीत गरिने अध्यक्ष बुढामगरले बताउनुभयो । उपभोगको लागि काउली बन्दा र रायोको साग तयार भइसकेको छ ।

बाहिरबाट हेर्दा काउली बन्दा राम्रो देखिन्छ । उहाँले भन्नुभयो, “तिनको गुणस्तर र अन्य गुण चेकजाँचपछि तरकारीको शुद्ध र जैविक बीउ उत्पादनको अरु प्रक्रिया थालिने छ ।” यस क्षेत्रलाई कृषि र वनको अनुसन्धान थलोका रूपमा विकास गर्ने लक्ष लिइएको अध्यक्ष बुढामगरले बताउनुभयो । वातावरणीय हावापानि र अन्य दृष्किोणले पनि मारिङ अनुसन्धान केन्द्र हुन लायक ठाउँ भएकोले अनुसन्धान केन्द्र बनाउनु अघि त्यसको सम्भाव्यता अध्यन भइरहेको उहाँले बताउनुभयो । स्थानीय सरकार भएपछि उक्त ठाउँमा २० लाख खर्च भइसकेको छ भने २५ लाख खर्च गर्ने तयारी भइराखेको छ ।

गत आर्र्थिक वर्षमा जलाधार, ट्याङ्की निर्माण, शौचालय, प्राविधिक बस्ने घर निर्माण खानेपानी र सिँचाइ लगायत काम गरिएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिङ श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको बजेटले आधुनिक कृषि औजार खरिद, ज्यामी परिचालन, भवन निर्माण लगायतका काम गर्ने बताइएको छ । यस वर्ष यिनै कामका लागि २५ लाख बजेट विनियोजन गरिएको बताइएको छ ।