६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

मानव सेवा आश्रमको भवन बनाइदिने मेयर शाक्यको घोषणा

मानव सेवा आश्रमको भवन बनाइदिने मेयर शाक्यको घोषणा
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मानवसेवा आश्रमको लागि काठमाडौं उपत्यकाभित्र एउटा भवन बनाउन सहयोग गर्ने घोषणा गरेका छन् ।
शनिबार आश्रमले आफ्ना गतिविधि तथा भावी योजनाहरु सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर शाक्यले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
उनले भने,‘आश्रमले जग्गा खोजोस । महानगरपालिकाले भवन बनाउन सहयोग गर्छ । आश्रमलाई सबैले सहयोग गर्नुपर्छ । अहिले नेपाल प्रहरीपनि आश्रमलाई सहयोग गर्न हामीसँगै आवद्ध भएको छ । यो खुशीको कुरा हो । अन्य सहयोगी संघ, संस्था र मानव हृदयहरुपनि यसमा आवद्ध हुनुपर्छ ।’
आश्रमका प्रमुख संरक्षक एवम् पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा. गोविन्द टण्डनको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै मेयर शाक्यले आश्रमको स्थलगत् अवलोकनपश्चात् आफू निकै प्रभावित भएको प्रतिक्रिया दिए ।
उनले भने,‘मैले त आश्रम नै अवलोकन गरेको छु । त्यहाँ पुगिसकेपछिको दृश्य देख्दा म धेरै प्रभावित भएँ । आश्रमका साना–साना भाईबहिनीहरुले त्यहाँ भएका विरामीहरु स्याहारेको देख्दा त म झनै प्रभावित भएँ । त्यति हाम्रो घर परिवारका सदस्यहरुले पनि आफ्नै मान्छे विरामी हुँदा स्याहारसुसार गर्दैनन् होला ।’
राज्यले गर्नुपर्ने दायित्व आश्रमले गरिरहेको आफूले पाएको पनि उनले सुनाए । उनले भने,‘बास्तवमा ती भाईबहिनीहरुको सेवा लोभलाग्दो थियो । उहाँहरुले पैसाको लागि काम गरेको होईन, मानवसेवाको लागि गर्नुभएको हो । काम गर्दा उहाँहरुलाई मिठो निन्द्रा लाग्ला, अरु मैले व्यक्तिगत स्वार्थ देखिँन् ।’
आफूले स्थलगत् अवलोकन गरेपछि आश्रमलाई कुनै न कुनै प्रकारले सहयोग गर्नुपर्छ भन्ने लागेर नै अहिले काठमाडौंको सामाखुशी र बुढानिलकण्ठमा सञ्चालनरत दुवै आश्रमको घरभाडा महानगरले तिर्दै आएको पनि शाक्यले जानकारी दिए । मानव आश्रमको कामलाई प्रोत्साहन गर्नको लागि महानगरपालिकाले भरपुर सहयोग गर्ने पनि उनले वचनबद्धता जनाए ।
कार्यक्रममा आश्रमका अभिभावक एवम् बरिष्ठ मानसिक रोग विशेषज्ञ डा. कपिलदेव उपाध्यायले सडकमा भएका मनोरोगीहरुले समयमै उपचार र प्रेम पाउने हो भने उनीहरुको अवस्थामा व्यापक सुधार आउने विश्वास दिलाए । उनले हरेक मान्छेमा सहयोगी र सहृदयको भावना विकास गर्नुपर्नेमा पनि जोड दिए ।
डा. उपाध्यायले उपचार र प्रेमसँगै आश्रममा रहेकाहरुलाई सिप तथा तालिम सिकाएर आत्मनिर्भर बनाउन सकिए उनीहरुको उपचारमासमेत टेवा पुग्ने विश्वास दिलाए ।
आश्रमका प्रमुख संरक्षक डा. टण्डनले संस्था स्थापना भएको ६ वर्षमा देशका विभिन्न जिल्लामा १४ वटा मानव आश्रमहरु सञ्चालन गरिरहेको जनाए । उनले भने,‘सबै आश्रमहरु हामीले भाडामा चलाएका छौं । अब मकवानपुरको हेटौडामा हाम्रो छिट्टै स्थायी आश्रम बन्दैछ । त्यस्तै चितवन र पोखरामापनि हाम्रो स्थायी भवन बन्दैछ ।’
काठमाडौं उपत्यकामा आश्रमको आफ्नै स्थायी भवन बनाउन मेयर शाक्यले महानगरपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएकोमा उनले आभार व्यक्त गरे । टण्डनले भने,‘मेयरज्यूप्रति हामी कृतज्ञ छौं ।’ त्यस्तै उनले आफूहरुलाई राज्यले पनि सहयोग गर्न जरुरी रहेको सुनाए ।
उनले भने,‘नगरपालिका र स्थानीय निकायहरुले हामीलाई विशेष सहयोग गर्नुपर्छ । अझैपनि एकल महिला र ज्येष्ठ नागकिहरुले आवश्यक प्रमाणपत्र र नागरिकता पाउनुभएको छैन् । यसको लागि राज्यले हामीलाई सहयोग गर्नुपर्छ ।’
कार्यक्रमको सञ्चालन भने संस्थाका महासचिव सुशिला केसी (रुपा) ले गरेकी थिईन् भने प्रेस विज्ञप्ती संस्थाका काठमाडौं संयोजक एवम् प्रवक्ता सुमन बर्तौलाले वाचन गरेका थिए । आश्रमले २०८२ सालभित्र नेपाललाई नै खुला आकाशमुनी रात विताउन विवश सहयोगापेक्षी मानवहरुरहित राष्ट्र निर्माण गर्ने उद्धेश्य लिएको छ ।
जारी विज्ञप्तीमा भनिएको छ,‘यसको लागि नेपाल सरकारले बजेट र स्थानको अभाव हुन नदिनेगरि एक वर्षभित्र खुला आकाशमुनि रात बिताउन विवश सहयोगापेक्षी सडकमानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य लिने हो भनेपनि त्यसको पुर्ण कार्यान्वयनको लागि मानवसेवा आश्रम प्रतिवद्ध रहेको छ ।’
मानवसेवा आश्रमले अर्को वर्षको जाडोमा कसैलेपनि खुला आकाशमुनी चिसोले कठ्याङग्रीएर मर्न नदिने पनि उद्देश्य लिएको छ । जारी विज्ञप्तीमा थप भनिएको छ,‘मात्र वेसाहारा मानिसको संरक्षणको लागि स्थानिय सरकारले सिफारिसमात्र नभई अभिभावकीय जिम्मेवारी पनि निर्वाह गर्न तयार हुन्छ वा यस किसिमको मानवहरुको व्यवस्थापन कसरी गर्ने भन्ने स्पष्ट निति बनाउँछ भने मानवसेवा आश्रम जोसुकै वेसहारा मानिसको संरक्षणका लागि तयार छ ।’

मानव सेवा अाश्रमकाे विज्ञप्तीः