१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

भ्रष्टाचार गरेको भन्दै प्रचण्ड सहित यी नेता विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने

भ्रष्टाचार गरेको भन्दै प्रचण्ड सहित यी नेता विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने
अ अ+ अ-

काठमाडौं । शिविरमा रहेका तत्कालीन माओवादी लडाकुको तलब भत्ता शीर्षकमा राज्य कोषबाट छुट्याइएको अर्बौं रुपैयाँ भ्रष्टाचार भएको भन्दै बहिर्गमनमा रहेका जनमुक्ति सेनाले सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी गरेका छन् ।

उनीहरूले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित बहालवाला मन्त्रीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी गरेका हुन् । बहिर्गमित जनमुक्ति सेनाका वरिष्ठ उपाध्यक्ष योग्यबहादुर कार्की ‘प्रदीप’का अनुसार उपराष्ट्रपति नन्दकिशोर पुन, ऊर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री चन्द्रदेव खनाल तथा नेता जनार्दन शर्माविरुद्ध मुद्दा हाल्ने तयारी भइरहेको छ । उनीहरू तत्कालीन लडाकु शिविरका कमान्डर थिए ।
शान्ति प्रक्रियामा आइसकेपछि माओवादी लडाकु र जनमुक्ति सेनालाई सात मुख्यसहित २८ वटा सहायक शिविरमा राखिएको थियो । जनमुक्ति सेनाको व्यवस्थापनका लागि युरोपियन युनियन, संयुक्त राष्ट्रसंघलगायतका अन्तर्राष्ट्रिय निकायले अर्र्र्बौं रकम उपलब्ध गराए पनि सो रकम पारदर्शी नभएको बहिर्गमित जनमुक्ति सेनाका वरिष्ठ उपाध्यक्ष कार्कीले बताए ।
लडाकु शिविरमा ४ अर्ब रुपैयाँ भ्रष्टाचार भएको भनेर त्यसको छानबिनको माग गर्दै तत्कालीन एमालेका भ्रातृ संगठन युवा संघ नेपालले २०७१ असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको थियो । ४ अर्ब रुपैयाँभन्दा बढी रकममा भ्रष्टाचार भएको आशंकामा २०७० सालमा छानबिन थालेको आयोगले सम्पूर्ण हिसाब किताब बुझाउन तत्कालीन शान्ति मन्त्रालयलाई ताकेतासमेत गरेको थियो । पत्रको चित्तबुझ्दो जवाफ नआएपछि २८ मंसिरमा आयोगले पुनः दोस्रो पत्र लेखेर शान्ति मन्त्रालयलाई विवरण उपलब्ध गराउन ताकेता गरेको थियो ।
अहिले शान्ति मन्त्रालय नै खारेज भइसकेको छ । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले तत्कालीन जनमुक्ति सेनाको व्यवस्थापन हुनुपर्ने बताए । सरकारले बहिर्गमित जनमुक्ति सेनालाई ८४ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरे पनि कार्यान्वयनमा आउन सकेको छैन, जसकारण रकम पाउने आसमा बसेका ४ हजार बहिर्गमित जनमुक्ति सेना प्रभावित भएका छन् ।

सरकारले २०७३/७४ मा बहिर्गमित जनमुक्ति सेनालाई बजेट वक्तव्यमार्फत रकम उपलब्ध गराउने निर्णय गरेको थियो । तर, अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १३१ जनाले सो निर्णयविरुद्ध २०७३ साउनमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । दायर गरिएको रिट निवेदनमा अयोग्य लडाकुलाई २÷२ लाख रुपैयाँ उपलब्ध गराउनु स्थापित मूल्य मान्यता र प्रचलित नेपालको कानुनविपरीत रहेको उल्लेख छ । सो रिट ३१ पटक सरे पनि कुनै सुनुवाइ नभएको उपाध्यक्ष कार्कीले बताए ।
संगठनको तथ्यांकनुसार देशभर ४ हजार ९ बहिर्गमित जनमुक्ति सेना छन् । जसमध्ये २ हजार २ सय महिला छन् । उनीहरूले घाइतेको उपचार, अपांगता भएकालाई दीर्घकालीन व्यवस्थापन, अयोग्य बिल्ला खारेजलगायतका माग राखेका छन् । सरकार र अनमिनले १० माघ २०६६ मा ४ हजार ९ जना जनमुक्ति सेनालाई उमेरको कारण अयोग्य घोषित गरी घर पठाएदेखि उनीहरू संघर्षमा छन् । समाचार राजधानी दैनिकमा छ ।