१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

बन्द पाँच सरकारी उद्योग सञ्चालन गरिँदै, हजारौ नेपालीले रोजगारी पाउने

बन्द पाँच सरकारी उद्योग सञ्चालन गरिँदै, हजारौ नेपालीले रोजगारी पाउने
अ अ+ अ-

काठमाडौं । सरकारले बन्द अवस्थामा रहेका पाँच उद्योगलाई भाडामा दिएर सञ्चालन गर्ने तयारी गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हेटौँडा कपडा उद्योग, बुटवल धागो उद्योग, गोरखकाली रबर उद्योग, जनकपुर चुरोट कारखाना र वीरगन्ज चिनी मिल निजी क्षेत्रलाई भाडामा दिएर सञ्चालन गर्न लागेको हो । नयाँ पत्रिका दैनिकमा खबर छ ।

मन्त्रालयले सरकारी स्वामित्वका पाँचवटै बन्द उद्योग विभिन्न मोडालिटीमा पुनः सञ्चालन गर्ने निर्णय गरिसकेको छ । यी उद्योगहरू पुनः सञ्चालनका लागि उद्योगीसमेत इच्छुक देखिएकाले उनीहरूलाई भाडामा दिने तयारी थालिएको मन्त्रालयका एक सहसचिवले जानकारी दिए ।

कर्मचारीले लुकाउन खोजे
पाँच उद्योग भाडामा दिएर सञ्चालन गर्न भएको निर्णय कर्मचारीले भने लुकाउन खोजेका छन् । मन्त्रालयका सूचना अधिकारी दुर्गाप्रसाद भुसालले लिजमा दिने निर्णय भएको सुनेको तर विस्तृतमा थाहा नभएको भन्दै सहसचिव शोभाकान्त पौडेलसँग बुझ्न आग्रह गरे । मन्त्रालयको प्रशासन तथा संस्थान समन्वय महाशाखाका प्रमुखसमेत रहेका पौडेलले भने बन्द उद्योगका विषयमा कुनै निर्णय नभएको बताए । यता प्रवक्ता दिनेश भट्टराईले पनि उद्योग लिजमा दिएर सञ्चालन गर्ने कुरा आफूलाई थाहा नभएको बताए ।

जचुकालि विदेशी लगानीकर्तालाई : उद्योगमन्त्री
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आइतबार जनकपुरधाममा पत्रकार भेटघाट गरी जनकपुर चुरोट कारखाना लिमिटेड ९जचुकालि० सञ्चालनको जिम्मा विदेशी लगानीकर्तालाई दिने आशय व्यक्त गरेका छन् । उनले उद्योग सञ्चालनका लागि ३ चिनियाँ र २ भारतीय लगानीकर्तासँग निरन्तर संवाद र सम्पर्क भइरहेको बताए । चुरोट कारखाना सञ्चालन भएपछि प्रदेश नम्बर २ मा रोजगारी बढ्ने उनको भनाइ थियो । यद्यपि, जचुकालि विदेशी लगानीकर्ताको जिम्मामा सुम्पने विषयमा प्रदेश–२ का मुख्यमन्त्री एवं सांसदहरू सहमत छैनन् । जनकपुर मन्त्री यादवको गृहजिल्ला हो ।

हेटौँडा कपडा उद्योग : भाडामा दिन विज्ञापन खोलिँदै
हेटौँडा कपडा उद्योग भाडामा सञ्चालनका लागि मन्त्रिपरिषद्ले स्वीकृति पनि दिइसकेको छ । ०५७ देखि बन्द यो उद्योग सञ्चालनका लागि उद्योग मन्त्रालयले केही समयअघि अध्ययनसमेत गरेको थियो । त्यसमा २० करोड लगानीमा मेसिनरी सामान थप गरी तत्काल सञ्चालन गर्न सकिने राय दिएको छ । उद्योग सञ्चालन गर्न नेपाली सेनाले इच्छा देखाएको छ । त्यस्तै कपडा उद्योगी गोल्यान समूहले पनि यो उद्योगमा इच्छा देखाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुरुमा हेटौँडा कपडा उद्योगलाई भाडामा दिनका लागि विज्ञापन खोल्न लागेको छ । एक हप्ताभित्रै उद्योग सञ्चालन गर्न इच्छुक व्यवसायीलाई लक्षित गरी विज्ञापन खुल्ने ती सहसचिवले जानकारी दिए । त्यसपछि मन्त्रिपरिषद् बैठकबाट स्वीकृति लिँदै अन्य उद्योगको पनि विज्ञापन खुलाउँदै जाने मन्त्रालयले जनाएको छ ।

बुटवल धागो कारखाना : भाडामा दिने निर्णय
आव ०७२र७३ सम्म बुटवल धागोको १ अर्ब ३६ करोड सञ्चित नोक्सानी छ । यो उद्योग १ साउन ०६६ देखि पूर्ण रूपले बन्द अवस्थामा छ । करारमा राखिएका ७ कर्मचारीले उद्योग रेखदेख गरिरहेका छन् । अर्थ मन्त्रालयको संस्थान समन्वय महाशाखाले निजी क्षेत्रलाई सञ्चालन गर्न दिनका लागि आवश्यक प्रक्रिया अघि बढाइरहेको वेला उद्योग मन्त्रालयले भाडामा दिएर सञ्चालनको निर्णय गरेको हो । बुटवल धागो कारखाना सञ्चालनमा पनि कपडा उद्योगी गोल्यान समूहले इच्छा देखाएको छ ।

गोरखकाली रबर उद्योग : पुराना कर्मचारी बिदा गरिँदै
३ माघको मन्त्रिपरिषद् बैठकले गोरखकाली रबर उद्योगको सम्पूर्ण दायित्व फरफारक गर्न अनुमति दिइसकेको छ । यो उद्योगको सबै दायित्व चुक्ता गर्न ९६ करोड लाग्ने टुंगो लागिसकेको छ । अर्थ मन्त्रालयबाट सो रकम निकासा भएपछि पुराना कर्मचारीलाई बिदा गरी सबै दायित्व चुक्ता गर्ने मन्त्रालयका एक अधिकारीले बताए । गोरखकाली आव ०७२र७३ सम्ममा डेढ अर्ब सञ्चित नोक्सानीमा छ । भाखा नाघेको सावाँ, ब्याज १ अर्ब रुपैयाँभन्दा बढी छ । गोरखकालीमा २ सय ८२ कर्मचारी कार्यरत छन् । अहिले बजारमा रेडियल टायरको माग बढिरहेको र सो टायर उत्पादनका लागि २ अर्ब लगानी गर्नुपर्ने अध्ययन गरिएको छ ।

जनकपुर चुरोट कारखाना : कर्मचारीलाई बिदाइ
जनकपुर चुरोट कारखानाका कर्मचारीलाई यसअघि नै बिदाइ गरी आर्थिक दायित्व फरफारक गर्ने निर्णय भइसकेको छ । तर, ७ करोड ८० लाख रुपैयाँ दायित्व भुक्तानी गर्न बाँकी छ । सो रकम अर्थबाट चाँडै निकासा हुने र भुक्तानी गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ ।

वीरगन्ज चिनी मिल : निजीकरण नभएपछि भाडामा दिइँदै
वीरगन्ज चिनी मिल ५२ बिघा क्षेत्रफलमा फैलिएको छ । र, यसको सम्पत्ति ७ अर्ब रुपैयाँभन्दा बढीको छ । यो उद्योगले १५ सय टन उखु प्रतिदिन क्रसिङ गर्ने क्षमता राख्छ । १६ फागुन ०५६ को मन्त्रिपरिषद् बैठकले उद्योगलाई निजीकरण गर्ने निर्णय गरेको थियो । तर, अहिलेसम्म प्रक्रिया अघि नबढेपछि भाडामा दिन लागिएको हो ।