७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए News Polar एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद

३६ किलो सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा जफत

३६ किलो सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा जफत
अ+ अ-

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा त्रिभुवन विमानस्थलबाट ३६ किलो सुन जफत भएको छ। विदेशबाट आउने यात्रुले गैरकानुनीरूपमा ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जफत गरेको हो।

त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख गजेन्द्र ठाकुरले चालु आवको पाँच महिनामा करिब ३६ किलो सुन जफत भएको जानकारी दिए। उनले भने, ‘परिमाणभन्दा बढीको हकमा जफत हुने व्यवस्था छ। सोही आधारमा सुन जफत गरिएको हो।’

विगतमा ५० ग्रामसम्म सुनका गहना सहजै ल्याउन सकिने व्यवस्था भए पनि काँचो सुन पूर्णप्रतिबन्ध थियो। आर्थिक ऐनमा विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको सुनमा पहिलो ५० ग्रामसम्म प्रति १० ग्राम पाँच हजार दुई सय रुपैयाँ र ५० ग्रामभन्दा बढी थप ५० ग्रामसम्म प्रति १० ग्राम ६ हजार दुई सय रुपैयाँ भन्सार लिने व्यवस्था छ।

आर्थिक ऐन २०७५ मा एक सय ग्रामसम्म सुन ल्याउने सकिने र एक सय ग्रामभन्दा बढी परिमाणमा सुन पैठारी गरेमा बढी भएको परिमाण जति जफत गरिने उल्लेख छ। यो व्यवस्थाले तस्करी बढ्न सक्ने भन्दै आलोचना भएको थियो।

विदेशबाट आउने यात्रुले १०० ग्रामसम्म सुन भन्सार तिरेर ल्याउन सक्छन्। सय ग्रामभन्दा बढी सुन ल्याएमा जफत हुने र जफत गरिएको सुन बराबरको थप रकमसमेत तिर्नुपर्ने हुन्छ। जफत गरिएको सुन राष्ट्र बैंकमा बुझाउने गरिन्छ। उक्त सुनको बजार मूल्यअनुसारको रकम सरकारी खातामा जम्मा हुने ठाकुरले जानकारी दिए।

३३ किलो सुन तस्करी प्रकरणपछि सरकारले विमानस्थलमा कडाइ गर्दै आएको छ। सानोतिनो परिमाणका सुन विमानस्थलमा नियमितजसो समातिने ठाकुर बताउँछन्। दुई वर्षअघि तत्कालीन वहालवाला सांसद् शयन्द्र बान्तवालाई ६० ग्रामको सुनसहित भन्सार कर्मचारीले नियन्त्रणमा लिएका थिए। युरोप भ्रमणबाट फर्किएकी ती सांसदले काँचो सुन ल्याएकी थिइन्। पहुँचका आधारमा सांसद छुटेको स्रोतले जानकारी दिएको छ। तर, उनको जफत भएको सुनको धरौटी के हुने राजस्वले स्पस्ट पार्न सकेको छैन।

विदेशबाट आउने यात्रुले गैरकानुनीरूपमा ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जफत गरेको हो।

अवैधरूपमा काँचो सुन लिएर आएकी ती सांसदमाथि कारबाही प्रक्रियासमेत अघि बढेन। बाहिरिने क्रममा भन्सार जाँच भयो। जाँचमा उनी सुनसहित पक्राउ परेकी थिइन्। ट्याबलेट, नयाँ ल्यापटप, कम्प्युटर, मोबाइल, क्यामेरा, पेनड्राइभजस्ता विद्युतीय सामान पनि एक, एक थान ल्याउन पाउने व्यवस्था छ। जनवरी अघिसम्म यी सामानमा कडाइ गरिएको थिएन।

यस्तै विदेशमा एक वर्ष काम गरी फर्केकाले एकपटकमा ३२ इन्चसम्मको एउटा टीभी ल्याउन पाउने व्यवस्था छ। व्यक्तिगत प्रयोजनका लागि ल्याउने सामानमा पूर्णभन्सार छुट हुने गरेको छ। यसमा कपडा, बिछ्यौनादेखि गृहस्थीका पुराना सामान र औषधोपचार गराई फर्केका बिरामीले ल्याउने औषधिमा भन्सार शुल्क नलाग्ने भन्सार कार्यालयले जनाएको छ। यस्तै शारीरिक अशक्तले सहाराका रूपमा प्रयोग गर्ने सामान, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक–एक थान ल्याउन पाउने व्यवस्था छ।

सुनका गहना ५० ग्रामसम्म, चाँदीको गहना पाँच सय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको गहनामा भन्सार छुट छ। तोकिएभन्दा बढी ल्याए ऐनअनुसार कारबाही तथा जरिवाना हुने व्यवस्था छ। समाचार अन्नपूर्ण पोष्टमा छ ।