७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

सौन्र्दयीकरण रोक्ने पीडितको कदममा जनप्रतिनिधिको साथ

सौन्र्दयीकरण रोक्ने पीडितको कदममा जनप्रतिनिधिको साथ
अ+ अ-

काठमाडौँ । जनप्रतिनिधिले कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाका वाग्मतीपीडित किसानको मागप्रति समर्थन जनाएका छन् ।

वाग्मतीपीडित सङ्घर्ष समितिले आज जोरपाटीमा आयोजना गरेको अन्तक्र्रियामा जनप्रतिनिधिले समितिको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै किसानको पक्षमा न्यायका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

काठमाडौँ क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कृष्ण राईले वाग्मती आयोजनाको नाममा पीडित किसानको पक्षमा वर्षौंदेखि आवाज उठाए पनि माग पूरा हुन नसकेको बताउनुभयो ।

न्यायका लागि प्रधानमन्त्रीकहाँ किसानसँगै प्रतिनिधिमण्डल लिई जान आफू तयार रहेको उहाँको भनाइ थियो । प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले पीडित किसान एकताबद्ध भई अघि बढे दुई तिहाइ बहुमतको सरकारले किसानलाई न्याय दिने विश्वास व्यक्त गर्नुभयो ।

अर्का प्रदेशसभा सदस्य छिरिङदोर्जे लामाले पीडितले दबाबमूलक कार्यक्रमसँगै जिम्मेवार निकायमा प्रतिनिधिमण्डल गई ध्यानाकर्षण गराउनुपर्ने बताउनभयोे ।

कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले समस्या समाधानका लागि वर्षौं अघिदेखि सङ्घर्ष भइरहेकाले न्यायका लागि समिति, स्थानीय तह र जनप्रतिनिधिले सशक्त कदम चाल्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष दीपेन्द्र लामा, गोकर्णेश्वर नगरपालिका वडा नं –६ का अध्यक्ष रमेश अर्याल, वडा नं –५ का अध्यक्ष नारायण सुवेदी, वडा नं –८ का अध्यक्ष मनोजकुमार ढुङ्गाना लगायतले न्यायका लागि सङ्घर्ष समितिको कार्यक्रममा साथ र सहयोग दिन तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

सङ्घर्ष समितिका अध्यक्ष नीरञ्जन पुडासैनीले समिति, पीडित किसान र जनप्रतिनिधिलाई एकताबद्ध गर्दै आगामी दिनमा अझै कडा सङ्घर्षका कार्यक्रम गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाका वाग्मतीपीडित किसानले माघ २७ गतेदेखि गुह्येश्वरी–गोकर्णेश्वर मन्दिर क्षेत्रमा जारी नदी सौन्र्दयीकरणका काम रोकेका छन् । एक हप्तादेखि काम रोक्दा पनि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले समस्या समाधानमा पहल नगरेको पीडित किसानको भनाइ छ ।

विसं २०२१ को नापीमा किसानका नाममा दर्ता भएको कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकास्थित गोठाटार पुल आसपासका स्थानीयवासीको १८८ रोपनी जग्गा २०५३ सालमा पानी शुद्ध बनाउने भन्दै वाग्मतीमा पारिएको थियो ।

यसबाट हातमा लालपूर्जा भएका २०० किसान पीडित बनेका छन् । जग्गा नदीमा परेपछि २२ वर्षदेखि किसानले विभिन्न विरोधका कार्यक्रम गर्दै आएका छन् । त्यही जग्गामा हाल किसानलाई मुआब्जा नदिइ सौन्र्दयीकरणको काम शुरु भएको भन्दै माग पूरा नभएसम्म काम गर्न नदिने समितिले जनाएको छ ।

समितिमा आवद्ध पीडित किसानले गुह्येश्वरीस्थित सौन्र्दयीकरणको काम गर्ने ठेक्का पाएको कालिका कन्स्ट्रक्सन साइड कार्यालयमा कालो ब्यानर राखी माघ २७ गते शुक्रबारदेखि शुरु गरेको धर्नालाई जारी राखेका छन् । अधिकार सम्पन्न वाग्मती समितिले यस अघि २०५३, २०६६, २०६७, २०७४ र गत मङ्सिरमा किसानसँग गरिएको सम्झौता कार्यान्वयन नगरी दुःख दिएको पीडितको गुनासो छ ।