६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मलाको बलात्कार र हत्या गर्ने व्यक्ति निर्मलाकै घर नजिकै छ, पहुँचवाला छ : प्रहरी



अ+ अ-

काठमाडौँ । निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा प्रहरीले हत्यारा निर्मलाकै घर नजिकैव्यक्ति भएको र उसले पटकपटक बलात्कार घटना घटाएको बताइएको छ । पहुँचवाला भएका कारण अहिलेसम्म कानूनी कारबाहीको दायरामा ल्याउन नसकिएको दाबी प्रहरी स्रोतले बताएको छ ।

बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्नुअघि प्रतिवादी प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञान बहादुर सेट्ठी , केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी अंगुर जिसी, इन्सपेक्टर एकेन्द्र खड्का, महेन्द्रनगरका इन्सपेक्टर जगदीश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई नियन्त्रणमा लिइसकेपछि निर्मलाले न्याय पाउनेमा प्रहरी स्रोत ढुक्क भएको छ ।

कञ्चनपुरका एक प्रहरी जवनले भने, हामीलाई हत्यारा पहिल्यै के हो भन्ने थाहा थियो तर हामी माथि पेसर आएको भएर हामी केहि बोल्न सकेका थिएनौं ।

त्यसो त प्रहरीले पहिला पनि बिभिन्न व्यक्तिलाई प्रकाउ नगरेको पनि होइन तर डिएनए नमिलेपछि उनिहरुलाई छाड्दै आईरहेको थियो ।

कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट सहित ८ जनाले निर्मलाको बलात्कार–हत्या प्रकरणसँग सम्बन्धित प्रमाण नष्ट गरेको र असम्बन्धित मानिसहरुलाई शारीरिक तथा मानसिक यातना दिएको भन्दै मुद्दा दर्ता पनि गरिएको थियो । तर पहुँचकै भरमा सरकाले प्रहरी उपरीक्षक (एसपी) विष्ट र इन्सपेक्टर भट्टलाई सेवाबाट बर्खास्त गरेको छ, भने अन्य ६ जना निलम्बनमा गरेको छ ।