• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   टीओआर नटुंगिएसम्म सदन नचलाउन सभामुखलाई विपक्षी दलको आग्रह ★   आईपीएलमा आज आरआर र केकेआर भिड्दै, राजस्थानलाई दोस्रो हुने मौका ★   संरक्षणको प्रतीक्षामा खोकनाका पोखरी ★   बाघखोरलाई घरबास गाउँ घोषणा ★   ‘राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन’ ★   सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार? ★   आजको आईपीएल: प्लेअफमा पुगिसकेको हैदरावाद र पञ्जाब खेल्दै ★   विपक्षी दलहरुको बैठक: गृहमन्त्रीलाई बोल्न दिने निर्णय ★   इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु ★   ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने

लडेको मोटरसाइकलमाथि बसको ठक्कर , एक जनाको मृत्यु



भादगाउँ । मध्यपुर थिमी–२ सानोठिमी वन कार्यालय ओरालोमा आज दुईवटा मोटरसाइकल एकापसमा ठोकिन्न गई लडेर विपरीत दिशातर्फबाट आइरहेको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पेप्सीकोलाबाट सानोठिमीतर्फ आउँदै गरेको बा ७४ प ५५३ नंको मोटरसाइकलले विपरीत दिशा प्रदेश–३–०२–००२ प ६३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सडकमा लडेको, विपरीत दिशातर्फबाट आउँदै गरेको बा.२ ख ४८६८ नंको बसले समेत ठक्कर दिँदा प्रदेश ३–०२–००२ प ६३ नंको मोटरसाइकल चालक काभ्रे देउपुर–३ घर भई हाल मध्यपुर–९ बोडे बस्ने २४ वर्षीय सन्तोष राईको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक सुशील पाण्डेले जानकारी दिए ।

प्रहरीले सवारी साधनसहित मोटरसाइकल चालक काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला बस्ने २४ वर्षीय अरुणकुमार श्रेष्ठ र बस चालक सिन्धुपाल्चोक बलेफी–३ घर भई हाल पुरानो थिमी बस्ने २४ वर्षीय ताराबहादुर तामाङ नियन्त्रणमा लिएको छ ।