१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी वर्ष विद्यालयमा पुरानै पाठ्यक्रम



अ+ अ-

काठमाडौं । विद्यालय तहको नयाँ पाठ्यक्रम आगामी शैक्षिक सत्रमा १०० विद्यालयमा परीक्षणका रूपमा लागू गरिने भएको छ। कान्तिपुर दैनिकमा प्रकाशित समाचारअनुसार पाठ्यक्रम विकास केन्द्रका कार्यधारी निर्देशक लेखनाथ पौडेलले कक्षा १ र ११ को नयाँ पाठ्यक्रम शैक्षिक सत्र २०७७ देखि मात्र लागू गर्ने तयारी गरिएको जानकारी दिए।

केन्द्रले यसअघि आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रमको आधारमा पठनपाठन गराउने जनाएको थियो। केन्द्रका कार्यत्रारी निर्देशक पौडेलका अनुसार आगामी शैक्षिक सत्रमा सातवटै प्रदेशबाट विद्यालय छनोट गरेर पाठ्यक्रम परीक्षण गरिनेछ। ‘परीक्षणपछि मात्र देशभरका विद्यालयमा नयाँ पाठ्यक्रमका आधारमा पठनपाठन सुरु हुन्छ’, उनले भने।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालय तह कक्षा १ देखि १२ को राष्ट्रिय पाठ्यक्रम प्रारूप पारित गरिसकेको छ। त्यहीअनुसार चालू शैक्षिक सत्रमा नमुना परीक्षण गरेर २०७६ देखि लागू गर्ने तयारी छ।