२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियासँग भिसा शुल्कमा अझै विवाद



अ+ अ-

काठमाडौँ । द्विपक्षीय श्रम समझदारी हुनुअघि जारी भएका कलिङ भिसाको शुल्क कामदारले ब्यहोर्न नपर्ने ग्यारेन्टी नहुँदा मलेसियाको रोजगारी खुल्न सकेको छैन । गत जेठदेखि मेलेसियामा नेपाली कामदार जान बन्द छ ।

मलेसियाको गृह मन्त्रालयले रोजगारदाता कम्पनी सिफारिस गरेपछि कलिङ भिसा जारी हुन्छ । त्यस्तो भिसा पाएका कामदारलाई काठमाडौँस्थित मलेसियाली दूतावासले राहदानीमा भिसा लगाइदिन्छ । भिसा पाउन कामदार आफैँ राहदानी लिएर दुतावास जान मिल्दैन । मलेसिया भीएलएनले भिसा प्रक्रिया गरेपछि मात्रै दूतावासले भिसा लगाइदिन्छ ।

यो प्रक्रिया गरेबापत भीएलएनले प्रतिराहदानी ७ हजार ४ सय ८० रुपैयाँ शुल्क लिने गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।