१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

सीप नजाँची डाक्टर लाइसेन्सः लाइसेन्स परीक्षामा फेल हुने डाक्टरको संख्या बढदो

सीप नजाँची डाक्टर लाइसेन्सः लाइसेन्स परीक्षामा फेल हुने डाक्टरको संख्या बढदो
अ अ+ अ-

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले डाक्टरहरूको लाइसेन्स परीक्षामा सीप जाँच गर्नुपर्ने आवाज वर्षौंदेखि उठदै आए पनि सम्बोधन हुन सकेको छैन । सीप परीक्षा नलिइँदा चिकित्सा सेवाको गुणस्तरीयता र विश्वसनीयता शंकाको घेरामा छ ।

चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा।डा। जगदीशप्रसाद अग्रवालले काउन्सिलले ज्ञानको परीक्षा पास गरेका डाक्टरहरूलाई सीप परीक्षामा समेत उत्तीर्ण भएपछि मात्र चिकित्सा पेसा गर्ने अनुमति प्रदान गर्नुपर्ने बताउँछन् । उनले गुणस्तर कायम राख्न लाइसेन्स परीक्षाको उत्तीर्णांक ५० प्रतिशतभन्दा माथि हुनुपर्नेसमेत बताए ।

काउन्सिलले लिने लाइसेन्स परीक्षामा फेल हुने डाक्टरको संख्या बढदो छ । ‘सीप जाँचसमेत गर्न थालिए हाल देखिएको परीक्षा परिणाम अझ तल झर्छ तर जनताले राम्रो चिकित्सक पाउँछन्,’ काउन्सिलका अध्यक्ष प्रा।डा। धर्मकान्त बाँस्कोटाले भने, ‘आर्थिक अभावले यो अत्यावश्यक प्रक्रिया सुरु गर्न सकेका छैनौं । हामीलाई सघाइए केही समयमै सुरु गर्न सक्छौं ।’

लाइसेन्स परीक्षामा ज्ञान आधारितसँगै सीप आधारित परीक्षा हुनुपर्ने उनले बताए । काउन्सिलकै एक पदाधिकारीका अनुसार यसै साता एमडीरएमएसरएमडीएस गरेका विशेषज्ञ चिकित्सकको विशेष परीक्षामा ४० प्रतिशत डाक्टर फेल भएका छन् । स्रोतका अनुसार यो परीक्षामा सोधिएका प्रश्न एमबीबीएस गरेकाहरूले सहजै जवाफ दिन सक्ने खालका थिए । एमबीबीएसरबीडीएस गरेकाहरूको लाइसेन्स परीक्षामा केही वर्षयता सरदर करिब ५० प्रतिशत डाक्टर फेल भइरहेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।