काठमाडौँ । म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगमा आर्सनलसँग पराजित भएको छ ।
लिग अन्तर्गत आइतबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनलले युनाइटेडलाई २–० गोलले पराजित गरेको हो । आर्सनलको जितामा ग्रानिट झाका र पिएरे एमरिकले समान एक एक गोल गरेका थिए ।
खेलको १२औं मिनेटमा आर्सनलले ग्रानिट झाकाको गोलबाट खाता खोलेको थियो ।औसत खेल खेलेको युनाइटेडले आर्सनलमाथि दबाब सिर्जना गरेपनि गोल फर्काउन सकेन । पहिलो
हाफ १–० ले पछाडि परेको युनाइटेडले दोस्रो हाफको ६९औं मिनेटमा पिएरे एमरिकले पेनाल्टीमा गोल गर्दै आर्सनललको अग्रता दोब्बर बनाए ।
युनाइटेडमा फ्रेडले एलेक्जेन्डर लाकाजेटलाई डिबक्स भित्र लडाएपछि आर्सनलले पेनाल्टी पाएको थियो ।
दोस्रो हाफमा आर्सनलका एक समर्थकले मैदान प्रवेश गरेर मैदानमै क्रिस स्मलिङलाई हात पात गरेपछि केहीबेर खेलमा तनाव उत्पन्न भएको थियो । उक्त सर्मथकलाई तत्काल बाहिर ल्याई खेल सुचारु गरिएको थियो ।
जितसँगै आर्सनल चौथो स्थानमा उक्लिएको छ । आर्सनलले ३० खेलबाट ६० अंक बनाएको छ । पाँचौं स्थानमा झरेको युनाइटेडको ५८ अंक छ ।
आइतबार रातिनै भएको अर्को खेलमा पाचौं स्थानमा रहेको चेल्सी वल्भ्ससँग १–१ गोलको बराबरीमा रोकिएको छ । चेल्सीले २९ खेलबाट ५७ अंक बनाएको छ । छैटौं स्थानमा रहेको वल्भ्सको ४४ अंक छ ।