१५ असार २०८३, सोमबार
,
Latest
पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट कीर्तिपुरकाे होल्डिङ सेन्टरबाट एक जना पक्राउ कालो सिसा हटाउन नाडा–ट्राफिकबिच छलफल, स्टिकर हटाउनबाट अभियान सुरु गर्न सुझाव गृहमन्त्री गुरुङले लगाए आफ्नो गाडीबाट कालो सिसा हटाउन २५ लाखभन्दा माथिको शेयर कारोबारमा १ प्रतिशत शुल्क हटाइने लेखापरीक्षणको गुणस्तर सुधार्न वित्तीय तथा संगठनात्मक स्वायत्तता आवश्यक छ : महालेखा परीक्षक राय अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुखुराको दानाको बोराभित्र एक सय २० किलो गाँजा



अ+ अ-

हेटौंडा । कुखुराको दानाको बोरामा प्लाष्टिकको बोराभित्र प्लाष्टिकले नै बेरेर लुकाइराखेको गाँजा प्रहरीले बरामद गरेको छ ।

११ वटा पोकामा रहेको १ सय २० किलो गाँजासहित ट्रकचालक÷ट्रकधनी मकवानपुरको राक्सिराङ–३ का २८ वर्षीय सुकुलाल थिङ र ट्रकका यात्री राक्सिराङ–३ स्थायी घर भएर चितवनको भरतपुर–१३, गीतानगर बस्ने वर्ष ३१ का नमराज दर्जीलाई नियन्त्रणमा लिइएको हो ।

शुक्रबार राति करिब २ः३० बजे ३ नम्बर प्रदेश प्रहरी कार्यालयबाट प्राप्त विशेष सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक पवनकुमार झाको कमाण्डमा खटिएको संयुक्त टोलीले गाँजा नियन्त्रणमा लिएको हो ।

हेटौंडा–११, नवलपुरस्थित सडकखण्डमा चेक गर्ने क्रममा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना। ३ ख ३७१५ नम्बर मालबाहक ट्रकबाट गाँजा बरामद गरिएको हो । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।