१५ असार २०८३, सोमबार
,
Latest
पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट कीर्तिपुरकाे होल्डिङ सेन्टरबाट एक जना पक्राउ कालो सिसा हटाउन नाडा–ट्राफिकबिच छलफल, स्टिकर हटाउनबाट अभियान सुरु गर्न सुझाव गृहमन्त्री गुरुङले लगाए आफ्नो गाडीबाट कालो सिसा हटाउन २५ लाखभन्दा माथिको शेयर कारोबारमा १ प्रतिशत शुल्क हटाइने लेखापरीक्षणको गुणस्तर सुधार्न वित्तीय तथा संगठनात्मक स्वायत्तता आवश्यक छ : महालेखा परीक्षक राय अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाकाली सिँचाइ आयोजना निर्माणमा १२० वर्ष लाग्ने



अ+ अ-

महेन्द्रनगर । १६ वर्षमा निर्माण सक्नेगरी सम्झैता भएपनि महाकाली सिँचाइ आयोजनाको १५२ किमि नहर १० वर्षमा १३ किमि मात्रै निर्माण भएको छ ।

समय लम्बीएसँगै आयोजनाको लागत १५ बाट बढेर ३५ अर्ब पुगेको छ । सिधै भन्ने हो भने सिँचाइ आयोजना निर्माणमा चरम ढिलासुस्ती भएको छ । दुई दशकअघि भारतसँग गरिएको महाकाली नदीको एकीकृत विकास सन्धिमा यो नहर बनाइने सहमति भएको थियो ।

कञ्चनपुर भीमदत्त नगरपालिका–९ ब्रह्मदेवदेखि कैलालीको मालाखेतीसम्मको यो नहर एक सय ५२ किलोमिटर लामो हुनेछ । १६ वर्षमा निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष ०६४ बाट नहर खन्न सुरु गरिएको थियो । तर, चैत ०७४ सम्ममा १२.७० किमि मात्र नहर तयार भएको छ । यही गतिमा काम भइरहने हो भने एक सय ५२ किलोमिटर नहर बनाउन एक सय २० वर्ष लाग्ने आजको नयाँपत्रिका दैनिकमा खबर प्रकाशित छ ।