१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

६ वर्षदेखि बुद्ध मूर्ति प्रहरी निन्त्रणमा



अ+ अ-

सुर्खेत । शनिबार २५६३ औं बुद्ध जयन्ती। बौद्धधर्मावलम्बीसहित देशभरका अन्यले धुमधामका साथ बुद्ध जयन्ती मनाएका छन्। सुर्खेतमा पनि शनिबार शान्तिको कामनासहित बुद्ध जयन्ती मनाइयो।

सुर्खेतमा बौद्ध धर्मावलम्बीले मूर्ति प्रतिस्थापन गर्न ल्याएको बुद्ध मूर्ति विवादका कारण ६ वर्षदेखि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। स्थानीय कांक्रेबिहार संरक्षित वनमा स्थापना गर्न ल्याइएको मूर्ति विवादका कारण प्रहरी नियन्त्रणमा रहेको हो। बुद्ध जयन्तीका अवसरमा मूर्ति राख्न लागेको जानकारी पाएलगत्तै स्थानीय प्रहरी प्रशासनले बुद्ध प्रतिमा स्थापना गर्न नपाइने उर्दी जारी गर्‍यो। र्‍यालीमा सहभागी बुद्धमार्गी र प्रहरीबीच झडप भएपछि विवाद उत्पन्न भयो।अदालतसम्म पुग्यो।

जिल्ला अदालत सुर्खेतले ०६९ सालमा गरेको फैसलाअनुसार मूर्ति जिल्ला प्रहरी परिसरमा राखिएको छ। अदालतको फैसलापछि मूर्ति काँक्रेविहार क्षेत्रमा प्रतिस्थापन हुन सकेन। शनिबार त्यही मूर्तिलाई बौद्धमार्गीले पूजा गरेर फर्किए। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।