१९ माघ २०८१, शनिबार
,
Latest
काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई रुखले च्यापिँदा बालकको मृत्यु सेनाको फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न एकीकृत समाजवादी : स्थायी कमिटी बैठक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बक्यौता नतिर्नुमा नेपाल विद्युत् प्राधिकरण आफैं जिम्मेवार ! कुलमानमाथि सांसदहरू खनिएपछि…



अ+ अ-

काठमाडौं। संघीय संसद्को सार्वजनिक लेखा समितिका सदस्य र नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङबीच भनाभन भएको छ । मंगलबार बसेको समितिको बैठकमा समितिका अधिकांश सांसदले डेडिकेटेड फिडर प्रयोग गरेर पनि उद्योगी व्यवसायीहरूले विद्युत् महसुल बक्यौता नतिर्नुमा नेपाल विद्युत् प्राधिकरण आफैं जिम्मेवार रहेको बताएपछि उनीहरूबीच विवाद चुलिएको हो ।

९ अर्ब १० करोड रुपैयाँबराबर उठ्न बाँकी रहेको विद्युत् महसुल बक्यौता उठाउन पछिल्लो समय प्राधिकरण आफैंले पहल गरे पनि गएको तीन वर्षसम्म किन चुप लागेर बसेको बन्दै सांसदहरूले प्राधिकरणलाई प्रश्न गरेका थिए । राम्रा काममा आफूले जस लिने र काम गर्न नसकेको विषयलाई सरकार र नीति निर्माणकर्तालाई दोष दिएको सांसदहरूले घिसिङमाथि आरोप लगाए ।

डेडिकेटेड र ट्रंकलाइनको विद्युत् महसुलमा व्यवसायी र प्राधिकरणबीच देखिँदै आएको विवादका विषयमा बुझ्न संघीय संसद्को सार्वजनिक लेखा समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक घिसिङलगायत कर्मचारीहरूलाई बोलाएर सोधपुछ गरेको हो ।
बैठकमा डेडिकेटेड फिडर र ट्रंकलाइनमा देखिएको विवादका विषयमा मन्त्रालयका सचिव घिमिरे, प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक, निमित्त कार्यकारी निर्देशकले जानकारी गराएका थिए । उनीहरूको जवाफ अपुरो र आफू पन्छिने खालको भएको भन्दै सांसद थप स्पष्ट हुन खोजका थिए ।

समितिका सदस्य राजेन्द्र केसीले प्राधिकरणले आफ्नो असक्षमता र त्यहाँभित्र रहेको आर्थिक अनियमितालाई ढाकछोप गर्न खोजिरहेको र त्यसलाई उजागर गरिनुपर्ने बताएका थिए । त्यसैगरी अर्का सदस्य लेखराज भट्टले प्राधिकरणका कार्यकारी निर्देशकले तीन वर्षदेखि उठाउन बाँकी रहेको विद्युत् महसुल उठाउन आफूलाई नीतिगत समस्या रहेको भन्ने खालको विरोधाभासपूर्ण अभिव्यक्ति राखेको बताएका थिए । ‘डेडिकेटेड फिर्डरमार्फत उद्योगलाई विद्युत् सुविधा दिनु ठीक थियो भने त्यसको महसुल किन नउठाएको ? यदि ठिक थिएन भने प्राधिकरण यतिका समयसम्म के हेरेर बसेको थियो ?,’ उनले प्रश्न गरे ।

अर्का सदस्य शरदसिंह भण्डारीले लोडसेडिङ अन्त्य भइसकेपछि पनि लोडसेडिङको बेलामा जस्तै विद्युत् महसुल उठाइरहेको भन्दै त्यसले उद्योगी व्यवसायी मर्कामा परेको धारणा राखेका थिए । त्यसपछि कुलमान घिसिङको आक्रोश पोखियो । त्यसपछि सांसद अमनलाल मोदीले कुलमानका विरुद्ध बोल्दा कसैबाट परिचालित भएर बोलेको हो कि भन्ने खालको मानिसमा बुझाइ रहेको धारणा राखे । तर, घिसिङ आफैंमा शतप्रतिशत ठीक रहेको र भ्रष्टाचार गर्दैनन् भन्ने आधार आफूले भने नभेटेको बताए । मोदीले प्राधिकरणभित्र अझै पनि नीतिगत भ्रष्टाचार रहेको ठोकुवा नै गरेपछि कुलमान आक्रोशित भएका थिए ।

यसरी प्राधिकरणमा आर्थिक अनियमितताका प्रश्नले घेरिएपछि कार्यकारी निर्देशक घिसिङले आफूले कुनै प्रकारको आर्थिक चलखेल, भ्रष्टाचार गरेको भेटिए झुन्डिएर मर्न तयार रहेको उनले बताए । ‘मैले भ्रष्टाचार गरेको भनेर तपाईंहरू प्रमाण लिएर आउनुहोस्, म झुन्डिएर मर्न तयार छु,’ उनले भने, ‘नत्र सांसद भयो भन्दैमा जे पनि भन्न पाइँदैन ।’ यसरी सवालजवाफकै कारण सांसद मोदी र घिसिङबीच सामान्य वादविवादको स्थिति सिर्जना भएपछि समिति सभापति भरतकुमार शाहले दोहोरो सवालजवाफ नगर्न र संयमित भएर छलफल गर्न निर्देशन दिएको राजधानी दैनिकमा खबर प्रकाशित छ ।