१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

नेयमारको दाहिने खुट्टाको लिगामेन्ट च्यातियो, कोपा अमेरिका कप गुमाउने पक्का

नेयमारको दाहिने खुट्टाको लिगामेन्ट च्यातियो, कोपा अमेरिका कप गुमाउने पक्का
अ अ+ अ-

काठमाडौं । पीएसजीका स्टार तथा ब्राजिलका खेलाडी नेयमारले आफ्नै देशमा हुने कोपा अमेरिका कप फुटबल प्रतियोगिता गुमाउने भएका छन् ।

विहीबार बिहान ब्राजिलले २०२२ को विश्वकप आयोजक राष्ट्र कतारसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा उनि घाइते भएका थिए ।

यसअघि घुँडामा लागेको चोट पुनः बल्जिएपछि नेयमारले २२औं मिनेटमा मैदान छाडेका थिए । उनको दाहिने खुट्टाको लिगामेन्ट भाँचिएको छ । उनि यसअघि पनि कोपाको तयारीकै क्रममा अघिल्लो साता घाइते भएका थिए । नेयमार घाइते भएपछि ब्राजिललाई चिन्ता थपिएको छ ।

जुन १४ सुरु हुने कोपा अमेरिका कपमा १२ टिम रहेका छन् ।कोपा अमेरिकामा ब्राजील समूह ‘ए’ मा परेको छ । यस समूहमा बोलिभिया, पेरु र भेनेजुएला छन् ।

कोपा अमेरिकामा ब्राजिलले जुन १५ मा बोलिभियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । कतारले भने जुन १७ मा पराग्वेसँग पहिलो खेल खेल्नेछ । घरेलु मैदानमा कोपा अमेरिका कपको उपाधि उचाल्ने ब्राजिलको लक्ष्य छ । तर, प्रतियोगिता अगावै कप्तानसमेत भइसकेका मुख्य खेलाडी नै घाइते भइ मैदान बाहिर हुनुले ब्राजिललाई ठूलो झड्का लागेको छ ।

यसपटक टोलीमा रियल म्याड्रिडका स्टार डुओ मार्सेलो र भेनिसियस जुनियर, जुवेल्ट्स डगल्स कोस्टा, वेस्ट ह्याम युनाइटेडका फेलिप एन्डर्सन र टोटेमहम हट्टरपेजका लुकास मोउरो टिममा अटाउन सकेनन् ।

कोपा अमेरिकामा ब्राजिलले जुन १५ मा बोलिभियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । कतारले भने जुन १७ मा पराग्वेसँग पहिलो खेल खेल्नेछ ।

यस्तो छ नामावली

गोलकिपरः
एलिसन (लिभरपूल), एडसनसन (म्यान्चेस्टर सिटी), क्यासियो (कोरिन्थी)

डिफेन्सः
डैनियल अल्व्स (पीएसजी), फ्याग्नर (कोरिन्थी), फिलिप लुइस (अटेलियो म्याड्रिड), एलेक्स स्यान्ड्रो (जुवेनस), मिरांडा (इन्टर मिलान), थियागो सिल्भा (पीएसजी), मार्चिनो (पीएसजी), इर्ड मिलिटियो (पोर्टो र रियल म्याड्रिड )।

मिडफिल्डरः
क्यासेमिरो (रियल म्याड्रिड), फर्नाडिन्हो (म्यान्चेस्टर सिटी) , आर्थर (बार्सिलोना), एलन (नापोल), लुकास पाक्टेटा (मिलान) , फिलिप काउटिन्हो (बार्सिलोना)

फरवार्डः
नेयमार (पीएसजी), रिचर्लासन (एभरटन), डेभीड नेरेज (अजक्स), एवटन सोर्स (ग्यारियो), रोबर्टो फर्मिनो (लिभरपूल), गब्रिएल जिसस (म्यान्चेस्टर सिटी)