५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एल क्लासिकोः रियलविरुद्ध बार्सिलोनाको सानदार जित



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले सानदार जित निकालेको छ । 

आइतबार मध्यरातमा भएको खेलमा बार्सिलोनाले चीर प्रतिद्वन्द्वी रियल मड्रिडलाई ४-० गोलले पराजित गरेको हो । 

रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको एल क्लासिकोमा बार्सिलोनालाई जित दिलाउन पिएरे एम्रिक अउबामेयाङले २ गोल गरे भने रोनाल्ड आरुजोले र फेरान टोरेसले एक एक गोल गरे ।

खेलको २९ औं मिनेटमा अउबामेयाङले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा आरुजोले गोल गर्दै बार्साको अग्रता दोब्बर पारे । 

यस्तै, दोस्रो हाफ सुरु भएलगत्तै अर्थात् ४७ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनाको अग्रता ३-० को बनाए । ५१ औं मिनेटमा अउबामेयाङले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौंथो गोल गर्दै बार्सिलोनालाई सानदार जित दिलाए । 

जितसँगै बार्सिलोना २८ खेलबाट ५४ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ । यता पराजित रियल भने २९ खेलबाट ६६ अंकसहित शीर्षस्थानमा कायम छ ।