१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध

गुठी विधेयक फिर्ता नलिए सडकबाटै सरकार ढाल्छौं : अभियान्ता बैद्य

गुठी विधेयक फिर्ता नलिए  सडकबाटै सरकार ढाल्छौं : अभियान्ता बैद्य
अ अ+ अ-

काठमाडौं । गुठीयारहरुमाथि सरकारी दमन सुरु गरेको भन्दै सडकबाटै सरकार ढाल्ने चेतावनी दिएका छन् ।

इन्द्रचोकमा भएको विरोधसभामा आन्दोलनको नेतृत्व गरिरहेका सम्पदा अभियान्ता अनिष बैद्यले सभालाई सम्बोधन गर्दै उपत्यकामा भएका गुठीहरुमाथिको आक्रमणले नेवार समुदायको आत्मसम्मानमा ठुलो चोट पुगाएको भन्दै विधेयक फिर्ता नलिए सडक आन्दोलनबाट दुई तिहाई सरकारलाई ढाल्ने चेतावनी दिएका हुन् ।

त्यसैरी अर्का अभियन्ता गणपतिलाल श्रेष्ठले पनि सरकारले भूमाफियाहरुको पक्षपोषण गर्न सरकारले सो विधेयक वलपूर्वक पारित गर्न खोजेकोले सबैले खवरदारीसँगै आन्दोलन चर्काउनु पर्नेमा जोड दिए ।

सो सभामा उपत्यका सडक पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमी, विवेकशिलका राजभक्त विराजभक्त श्रेष्ठ, यादवलाल कायस्थ, गुठीका मचाराज डंगोललगायतको सहभागिता रहेको थियो ।

यता गृहमन्त्री राम बहादुर थापाले आइतबार माइतीघर मण्डलामा भएको धरपकडको नैतिक जिम्मेवारी सरकारले लिने बताएका छन् । प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै गृहमन्त्री बादलले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने नागरिककामे अधिकार रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

राष्ट्रियसभाको सोमबारको तेश्रो बैठकमा आइतबार गुठ्ठीयारहरु माथि भएको दमनका बारेमा सांसदहरु उठाएको प्रश्नको जवाफ दिदै उनले प्रदर्शनकारी उत्तेजित भएर तोडफोडमा उत्रेपछि प्रहरीले भिडलाई नियन्त्रण लिन बल प्रयोग गरेको बताएका थिए । तर प्रतिनिधिसभाको मंगलबारको बैठकमा माइतीघर मण्डलामा जेठ २६ गते प्रहरी हस्तक्षेपको बारेमा सदनलाई जानकारी दिने क्रममा उनले राज्य नागरिकको अधिकार कुण्ठित गर्ने पक्षमा नरहेको बताए ।

उनले गुठी विधेयकका प्रावधानमा असहमति राख्दै माइतीघर मण्डलामा केही संस्था, समिति,सम्पदा बचाउ अभियान लगायतको प्रदर्शनको क्रममा प्रदर्शनकारीले सार्वजनिक आवागमनलाई अवरोध गरेकाले प्रहरीले सामान्य बल प्रयोग गरेको बताए।

उनले प्रदर्शनकारीले सडकमा सुतेर सडक अवरोध गर्नुका साथै सुरक्षामा खटिएका प्रहरी माथि ढुङ्गा मुडा प्रहार गरेका कारण प्रहरीले बाध्य भएर सामान्य धरपकड गरेको आरोप लगाए ।

आज (मगंलवार) गुठी विधेयकको विरोध र प्रहरी दमनको विरुद्ध असनमा नेवाः राष्ट्रिय मुक्ति मोर्चा काठमाडौं जिल्लाको आयोजनामा बृहत विरोध सभा हुँदैछ ।