१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध

गुठी विधेयक फिर्ता नलिइए काठमाडौं घेराबन्दी हुन्छ : सांसद राजेन्द्रकुमार केसी

गुठी विधेयक फिर्ता नलिइए काठमाडौं  घेराबन्दी हुन्छ :  सांसद राजेन्द्रकुमार केसी
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसी गुठी विधेयकको विरोध गर्दे काठमाडौं उपत्यकाका नेवार समुदायको धर्म र संस्कृतिमाथि प्रहार गर्ने काम भएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद केसीले विधेयक फिर्ता नभए उपत्यका घेराबन्दी हुसक्ने चेतावनी दिए ।

‘यदि धर्मलाई र यहाँको परम्परालाई विशेष गरेर नेवार जातिको संस्कृति र संस्कारलार्ई चलाइयो भने निश्चित रुपले १०औँ लाख मान्छे काठमाडौं उत्रनेछ ।’उनले भने,’नाङलो ठटाएर हात्ती तर्साउने काम नगरोस् सरकारले राजधानीवासीलाई ।’

उनले सरकारले ल्याएको विधेयकबाट गुठीयारहरु आतंकित भएको भन्दै उपत्यकावासीलाई कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताए । धर्म संस्कृतिको संरक्षणको लागि मण्डलामा आएका सर्वसाधरणलाई सरकारले निर्मम ढंगले लाठी प्रहार गर्ने काम भएको भन्दै उनले घटनाको घोर भर्त्सना गरे ।

उाले प्रधानमन्त्रीले विदेशीको धर्म प्रचारप्रसार गरेर हिन्दु धर्म समाप्त पार्ने खेलमा लागेको आरोप लगाए । उनले हिन्दू धर्म मात्रै नभई बौद्ध लगायतका धर्मका पनि गुठीहरु रहेको भन्दै धर्म संस्कृति ध्वस्त पार्ने गुठी विधेयक तत्काल फिर्ता गर्न माग गरे । गुठीयारहरु आफूहरुको धर्म र संस्कृति हनन गर्न लागेको भन्दै निकै आक्रोशित रहेको भन्दै संस्कार र भावनासँग खेलवाड नगर्न आग्रह गरे ।

आफूले विद्यार्थी हुँदा कम्युनिस्टहरुले धर्म, संस्कृति र चाडपर्वहरु मान्दैनन् भन्ने सुनेको र गुठी विधेयकले त्यसलाई पुष्टि गरेको उनले बताए। ‘कम्युनिस्टहरुले संविधान मान्दैनन् भन्ने पनि सुनेको थिएँ’, उनले भने, ‘त्यो पनि पुष्टि भएको छ।’

सोमबार प्रतिनिधिसभामा गुठी विधेयकको विषयमा उठेको विषयको जवाफ दिने क्रममा भूमिसुधार मन्त्री पद्मा अर्यालले संविधानकै गलत व्याख्या गरेकी उनले बताए। ‘गुठीलाई समाप्त पार्ने खेल भएको छ’, केसीले भने, ‘यो कुनै पनि हालतमा स्वीकार हुँदैन।’

संविधानको धारा २६ मा धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आस्था अनुसारको धर्मको अबलम्बन र संरक्षणको स्वतन्त्रताको प्रत्याभुति गरिएको, धारा २ सय ९० मा गुठीको मुलुभुत मान्यतामा प्रतिकुल असर नपर्ने गरि व्यवस्थापन गर्न भनिएको भन्दै उनले धार्मिक स्थल तथा धार्मिक गुठी संरक्षण गर्ने हक संविधानले दिएको दाबी गरे।

उनले माइतीघरमा गुठियारद्वारा भएको प्रदर्शनमा प्रहरीद्वारा गरिएको हस्तक्षपको विरोध गरे। उनले सो क्रममा भएको घटनाको छानबिन गर्नका लागि समिति गठन गर्न आग्रह गरे।