२० भाद्र २०८३, शनिबार
,
Latest
खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारीको पीडा, एक वर्षमा ७८३ को मृत्यु, बोर्डले गर्यो ६२ करोड ३६ लाख खर्च



अ+ अ-


काठमाडौंः रोजगारीको सिलसिलामा विदेश जाने नेपाली कामदारको जीवन अति जोखिममा परिरहेको सरकारकै आंकडाले पुष्टी गरेको छ ।
वैदेशिक रोजगारीका लागि मलेसिया, खाडी मुलुकमा खासगरी धेरै नेपालीको ज्यान गइरहेको छ । बैदेशिक रोजगार बोर्डको सचिवालयले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७५-७६ को विवरणमा वैदेशिक रोजगारीका सिलसिलामा मृत्यु भएकामध्ये ७८३ जनाको शव नेपाल ल्याइएको उल्लेख छ । यीमध्ये पुरुषको संख्या ७६६ र महिलाको १७ जना रहेको छ ।
बोर्डले मृतक कामदारको शव उनीहरुका घर ठेगानासम्म पु¥याउन एक करोड ५७ लाख खर्च गरेको जनाएको छ ।
त्यस्तै, मृतक कामदारका परिवारलाई आर्थिक सहायता स्वरुप ४८ करोड ४९ लाख ४० हजार खर्च भएको छ । उक्त रकम वैदेशिक रोजगारीका सिलसिलामा मृत्यु भएका ७३० जना पुरुष र २३ जना महिलाका परिवारलाई दिइएको छ ।
बोर्डका अनुसार ३३५ जना अंगभंग भएका कामदारलाई पनि ९ करोड १४ लाख १३ हजार आर्थिक सहायता प्रदान गरिएको छ । २९ जना कामदारलाई १२ लाख १५ हजार औषधोपचार सहयोग तथा ७८ जना अलपत्र कामदारलाई नेपाल झिकाउन ६५ लाख ६५ हजार खर्च भएको छ ।
विदेशमा मृत्यु भएर अलपत्र परेका ८२ जना कामदारको शव नेपाल ल्याउन ७८ लाख ५८ हजार खर्च भएको पनि बोर्डले जनाएको छ ।
बोर्डका अनुसार तालिम गोष्ठी, जनचेतना र छात्रवृत्ति समेतका कार्यमा बोर्डले एक वर्षको अवधिमा कूल ६२ करोड ३६ लाख ५४ हजार खर्च गरेको छ ।