९ आश्विन २०८१, बुधबार
,
Latest
पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:…
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो कुर्सीमा रवीन्द्र अधिकारीकै आवश्यकता थियो, म परिस्थितिले मात्रै आए : मन्त्री भट्टराई



अ+ अ-

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले आफू रवीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा आएको बताएका छन् ।

राष्ट्रपति भवन शितल निवासमा मन्त्रीको शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालयमा आएर कार्यभार सम्हाल्ने क्रममा मन्त्री भट्टराईले परिस्थितिले आफू अधिकारीको कुर्सीमा बस्न आइपुगेको भन्दै सबै अग्रजसँग राय सल्लाह लिएर अगाडि बढ्ने बताए ।

‘परिस्थितिले उहाँ बस्नुभएको कुर्सीमा म बसेको छु, उहाँले नै राम्रोसँग सम्हाल्न सक्नुहुन्थ्यो, उहाँकै आवश्यकता थियो, तर प्रकृतिलाई जित्न सकेनौं । उहाँको उत्ताराधिकारीका रुम्पमा आएको छु, यसो भन्दा मलाइ गर्व छ ‘ उनले भने ।

नेपाल एयरलाइन्समा व्यापक सुधार गर्ने प्रतिबद्धता
मन्त्री भट्टराईले नेपाल एयरलाइन्समा व्यापक सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल एयरलाइन्सलाई यो नेपाल एयरलाइन्स नै हो र भन्ने अवस्थामा पुर्‍याउने उनको प्रतिबद्धता छ ।

मन्त्री भट्टराईले आफ्नो मन्त्रालयमा आइस्योस् र गइस्योस् भन्ने संस्कृति अन्त्य गर्ने पनि बताए । आइस्योस् र गइस्योस् भन्ने संस्कृतिलाई हटाएर आउनुहोस् र जानुहोस् भन्ने संस्कृति बसाल्ने उनको भनाइ छ ।

को हुन् योगेश ?
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता योगेश भट्टराईको जन्म विक्रम संवत २०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा भएको हो । बुबा भिमलाल भट्टराई र आमा महेन्द्रदेवी भट्टराईका कान्छा छोराका रुपमा जन्मिएका योगेशले समाजशास्त्र र मानवशास्त्रमा एमए उत्तिर्ण गरेका छन् । नेता भट्टराईले स्कूल पढ्दा झापा विद्रोहको समय थियो ।

ताप्लेजुङ लगायतका जिल्लामा यसको प्रभाव परेकाले उनलाई पनि स्कूल पढ्ने समयमै बामपन्थी राजनीतिप्रति झुकाव बढ्यो । परिवारका सदस्यहरु पनि वामपन्थी पृष्ठभूमिकै थिए । यही क्रममा उनले २०३७ सालमा अनेरास्ववियुको राजनीति थाले । त्यसबेला बिद्यालयको प्रारम्भिक कमिटी हुँदै क्याम्पस कमिटीमा समेत बसेर भट्टराईले काम गरे ।

२०३९ देखि तत्कालीन नेकपा (माले) सँग राजनीतिक सम्पर्कमा रहेर पार्टी काममा संलग्न भट्टराईले पार्टीको सेल कमिटी हुँदै जिल्ला, अञ्चल र केन्द्रीय कमिटीसम्म कुनै विवादमा नआइ काम गरेका छन् । नेता भट्टराई २०५१ सालमा अनेरास्ववियूको अध्यक्ष भएका थिए ।

यस्तै २०६५ फागुनमा बुटवलमा सम्पन्न नेकपा (एमाले) को आठौं महाधिवेशनबाट अत्याधिक मत ल्याई केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका उनी तत्कालिन एमालेको नवौं महाधिवेशनबाट पार्टीको सचिव पदमा निर्वाचित भए । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनु अगाडि सम्म उनी प्रचार विभाग प्रमुखको जिम्मेवारीमा थिए ।

नेता भट्टराई यसअघि २०६४ सालको पहिलो संविधानसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ६ बाट र २०७० सालको दोस्रो चुनावमा क्षेत्र नम्बर ५ बाट उम्मेद्वार बनेपनि पराजित भएका थिए । तर, २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी ताप्लेजुङबाट निर्वाचित भए । संसदीय सुनुवाई समिति र शिक्षा समितिमा बसेर काम गरिरहेका भट्टराईलाई पार्टी भित्रैबाट मन्त्री बनाउनुपर्ने माग बढ्दो थियो ।

त्यसबाहेक निर्वाचनका बेला भट्टराईको निर्वाचन क्षेत्रमा पुगेर उनलाई मन्त्री बनाउने हालका प्रधानमन्त्री केपी ओलीले घोषणा नै गरेका थिए । नेता भट्टराई हाल एकीकृत पार्टी नेकपाको स्थायी कमिटी सदस्य छन् । विद्यार्थी आन्दोलनदेखि तत्कालिन एमालेमा लोकप्रिय र प्रष्ट बक्ताका रुपमा आफ्नो छवि बनाएका भट्टराई नेकपाको राजनीतिमा राम्रो भविष्य भएका नेताका रुपमा चिनिन्छन् ।