११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

यो कुर्सीमा रवीन्द्र अधिकारीकै आवश्यकता थियो, म परिस्थितिले मात्रै आए : मन्त्री भट्टराई

यो कुर्सीमा रवीन्द्र अधिकारीकै आवश्यकता थियो, म परिस्थितिले मात्रै आए : मन्त्री भट्टराई
अ अ+ अ-

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले आफू रवीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा आएको बताएका छन् ।

राष्ट्रपति भवन शितल निवासमा मन्त्रीको शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालयमा आएर कार्यभार सम्हाल्ने क्रममा मन्त्री भट्टराईले परिस्थितिले आफू अधिकारीको कुर्सीमा बस्न आइपुगेको भन्दै सबै अग्रजसँग राय सल्लाह लिएर अगाडि बढ्ने बताए ।

‘परिस्थितिले उहाँ बस्नुभएको कुर्सीमा म बसेको छु, उहाँले नै राम्रोसँग सम्हाल्न सक्नुहुन्थ्यो, उहाँकै आवश्यकता थियो, तर प्रकृतिलाई जित्न सकेनौं । उहाँको उत्ताराधिकारीका रुम्पमा आएको छु, यसो भन्दा मलाइ गर्व छ ‘ उनले भने ।

नेपाल एयरलाइन्समा व्यापक सुधार गर्ने प्रतिबद्धता
मन्त्री भट्टराईले नेपाल एयरलाइन्समा व्यापक सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल एयरलाइन्सलाई यो नेपाल एयरलाइन्स नै हो र भन्ने अवस्थामा पुर्‍याउने उनको प्रतिबद्धता छ ।

मन्त्री भट्टराईले आफ्नो मन्त्रालयमा आइस्योस् र गइस्योस् भन्ने संस्कृति अन्त्य गर्ने पनि बताए । आइस्योस् र गइस्योस् भन्ने संस्कृतिलाई हटाएर आउनुहोस् र जानुहोस् भन्ने संस्कृति बसाल्ने उनको भनाइ छ ।

को हुन् योगेश ?
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता योगेश भट्टराईको जन्म विक्रम संवत २०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा भएको हो । बुबा भिमलाल भट्टराई र आमा महेन्द्रदेवी भट्टराईका कान्छा छोराका रुपमा जन्मिएका योगेशले समाजशास्त्र र मानवशास्त्रमा एमए उत्तिर्ण गरेका छन् । नेता भट्टराईले स्कूल पढ्दा झापा विद्रोहको समय थियो ।

ताप्लेजुङ लगायतका जिल्लामा यसको प्रभाव परेकाले उनलाई पनि स्कूल पढ्ने समयमै बामपन्थी राजनीतिप्रति झुकाव बढ्यो । परिवारका सदस्यहरु पनि वामपन्थी पृष्ठभूमिकै थिए । यही क्रममा उनले २०३७ सालमा अनेरास्ववियुको राजनीति थाले । त्यसबेला बिद्यालयको प्रारम्भिक कमिटी हुँदै क्याम्पस कमिटीमा समेत बसेर भट्टराईले काम गरे ।

२०३९ देखि तत्कालीन नेकपा (माले) सँग राजनीतिक सम्पर्कमा रहेर पार्टी काममा संलग्न भट्टराईले पार्टीको सेल कमिटी हुँदै जिल्ला, अञ्चल र केन्द्रीय कमिटीसम्म कुनै विवादमा नआइ काम गरेका छन् । नेता भट्टराई २०५१ सालमा अनेरास्ववियूको अध्यक्ष भएका थिए ।

यस्तै २०६५ फागुनमा बुटवलमा सम्पन्न नेकपा (एमाले) को आठौं महाधिवेशनबाट अत्याधिक मत ल्याई केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका उनी तत्कालिन एमालेको नवौं महाधिवेशनबाट पार्टीको सचिव पदमा निर्वाचित भए । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनु अगाडि सम्म उनी प्रचार विभाग प्रमुखको जिम्मेवारीमा थिए ।

नेता भट्टराई यसअघि २०६४ सालको पहिलो संविधानसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ६ बाट र २०७० सालको दोस्रो चुनावमा क्षेत्र नम्बर ५ बाट उम्मेद्वार बनेपनि पराजित भएका थिए । तर, २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी ताप्लेजुङबाट निर्वाचित भए । संसदीय सुनुवाई समिति र शिक्षा समितिमा बसेर काम गरिरहेका भट्टराईलाई पार्टी भित्रैबाट मन्त्री बनाउनुपर्ने माग बढ्दो थियो ।

त्यसबाहेक निर्वाचनका बेला भट्टराईको निर्वाचन क्षेत्रमा पुगेर उनलाई मन्त्री बनाउने हालका प्रधानमन्त्री केपी ओलीले घोषणा नै गरेका थिए । नेता भट्टराई हाल एकीकृत पार्टी नेकपाको स्थायी कमिटी सदस्य छन् । विद्यार्थी आन्दोलनदेखि तत्कालिन एमालेमा लोकप्रिय र प्रष्ट बक्ताका रुपमा आफ्नो छवि बनाएका भट्टराई नेकपाको राजनीतिमा राम्रो भविष्य भएका नेताका रुपमा चिनिन्छन् ।