११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

सामुदायिक वनमा करको बोझ

सामुदायिक वनमा करको बोझ
अ अ+ अ-

रुपन्देही । सामुदायिक वन उपभोक्ता महासङ्घ, रुपन्देहीले सामुदाययिक वनमा लगाइएको कर हटाउन माग गरेको छ । महासङ्घले बुधबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाएपछि बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सामुदायिक वनमा करको बोझ थपिएको महासङ्घका केन्द्रीय सचिव ठाकुर भण्डारीले बताउनुभयो ।

“स्थानीय र सङ्घीय सरकारलाई कर बुझाएर सामुदायिक वनमा काम गर्ने अवस्था छैन”, उहाँले भन्नुभयो । वन विकास गुरुयोजनाले वन समुदायलाई हस्तान्तरण गर्ने कानूनी प्रावधान रहेको उल्लेख गरेको छ । सामुदायिक वन उपभोक्ता समूहले सामुदायिक वनबाट प्राप्त हुने रकम जैविक विविधता संरक्षण, वन उद्यमको विकास, गरीबी न्यूनीकरण, आधारभूत सामुदायिक विकासमा लगानी गर्दै आएको वन उपभोक्ता समूहले जनाएको छ ।

वन उपभोक्ता समूहको सम्पूर्ण आम्दानीको २५ प्रतिशत वन विकास, ३५ प्रतिशत गरीब विपन्न वर्गको जीविकोपार्जन र ४० प्रतिशत सामाजिक विकासमा खर्च गर्दै आएको वन उपभोक्ता महासङ्घले उल्लेख गरेको छ ।

नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, आर्थिक ऐन र प्रदेशसभामार्फत प्रस्तावित विधेयकमा सङ्घीय सञ्चित कोषमा १५ प्रतिशत, प्रदेश सञ्चित कोषमा २५ प्रतिशत, प्रदेश सेवा शुल्कमा दुई प्रतिशत, मूल्य अभिवृद्धि ऐन २०५२ बमोजिम काठमा लाग्ने मूल्य अभिवृद्धि करसहित १३ प्रतिशत, आयकर ऐन २०५८ बमोजिम उपभोक्ता समूहको बचत रकममा आयकर २५ प्रतिशत भएकोमा महासङ्घको ध्यानाकर्षण भएको जनाइएको छ ।

“मौखिकरूपमा छलफल जारी रहेको छ”, सचिव भण्डारीले भन्नुभयो । देशभर २२ हजार २६६ सामुदायिक वन रहेको छ भने २९ लाख ७० हजारभन्दा बढी घरधुरी सामुदायिक वनमा संलग्न छन् ।