२१ असार २०८३, आईतवार
,
Latest
अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थी संगठन : ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’



अ+ अ-

काठमाडौं। विद्यार्थीको हकहित र एजेन्डा स्थापित गर्ने उद्देश्य लिएका विद्यार्थी संगठनका नेता आमविद्यार्थीका एजेन्डा छोडेर आफ्नै स्वार्थमा लाग्न थालेका छन् । संगठनका कतिपय नेता विभिन्न कन्सल्टेन्सीका सञ्चालक र ठेकेदार छन् । विद्यार्थी नेताहरू विद्यार्थीको हकहित छोडेर पूर्ण रूपमा कमाउ धन्दामा लाग्दा उनीहरू दिन प्रतिदिन आलोचित बन्न थालेका छन् ।

गौरवमयी इतिहास बोकेका विद्यार्थी संगठनलाई अहिले आफ्नो इतिहास जोगाउनै हम्मेहम्मे पर्न थालेको छ । विद्यार्थी नेता विद्यार्थीका हकहितभन्दा पनि आफ्नो स्वार्थ पूरा गर्न लागिपरेकाले यो अवस्था आएको होे ।

नेताहरूकै गतिविधिले विद्यार्थीहरूमा समेत विद्यार्थी संगठनले आफ्नो बारेमा केही बोलिदिन्छ कि भन्ने विश्वास देखिन समेत छोडेको छ । सत्तारुढ दल नेकपा निकट अनेरास्ववियु र प्रमुख प्रतिपक्षी कांग्रेस निकट नेविसंघका नेता विद्यार्थीको सामूहिक हितका एजेन्डाभन्दा पनि आफ्नै स्वार्थ पूरा गर्ने ध्याउन्नमा लाग्न पुग्दा उनीहरू गुमनामजस्तै बन्न पुगेका छन् ।

संगठनका नेताहरू विद्यार्थीको हितमा लाग्नु भन्दा पनि क्याम्पससँग मिलेमतो गर्दै स्वयं विद्यार्थीबाटै चर्को शुल्क असुल्ने कार्यमा लाग्ने गरेको आरोप विद्यार्थीले नै लगाउने गरेका छन् ।

शैक्षिक गुणस्तर सुधार गर्ने एजेन्डातर्फ विद्यार्थी संगठनहरू नलागेको शिक्षाविद्हरू बताउँछन् । शिक्षाविद् महाश्रम शर्माले सिकाइ उपलब्धिको गुणस्तर सुधार गर्न विद्यार्थी संगठन नलागेको बताए । उनले भने, ‘विद्यार्थी संगठनले शिक्षाका एजेन्डा विद्यार्थीसम्म पुर्याउनै सकेका छैनन् । अब उनीहरू शैक्षिक संस्थाहरू पढ्न योग्य बनाउन लाग्नुपर्छ । ’
विभिन्न कलेजमा नाम निकालिदिने भन्दै चर्को मात्रामा विद्यार्थीबाटै शुल्क असुल्ने गरेको विद्यार्थी संगठनमाथि आरोप छ । केही समयअघि प्रश्नपत्र आउट गर्दा काठमाडौंबाट विद्यार्थी नेताहरू नै पक्राउ परेका थिए ।
कुनै समय राजनीतिक र विद्यार्थी आन्दोलनलाई सार्थक बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका विद्यार्थी संगठन एजेन्डाविहीन हुँदा विद्यार्थी संगठनमाथि नै प्रश्नचिन्ह खडा हुन थालेको छ । विद्यार्थी संगठनमाथि आवश्यक परेको बेला चन्दा उठाउने र आन्दोलनलाई सम्झौतामा टुग्याउने आरोप लाग्ने गरेको छ ।

विद्यार्थी नेताले भने पार्टीले विद्यार्थी संगठनलाई उपयोग गर्दा समस्या निम्तिएको बताउँछन् ।

गुणात्मक शिक्षामा विद्यार्थी संगठन मौन विद्यार्थी संगठन सिकाइलाई गुणात्मक बनाउन नलागेको पाइएको छ । कक्षा १०, ११ र १२ मा नतिजा उपलब्धिमूलक हुन नसकिरहेको बेला सिकाइलाई गुणात्मक बनाउन लागि नपरेको शिक्षाविद्हरू बताउँछन् ।

शुल्क बढेको बढ्यै

अहिले कक्षा ११ र १२ मा अभिभावकले मनपरी शुल्क तिर्न बाध्य छन् । तर, सरकारले कक्षा १२ सम्म निःशुल्क शिक्षा भनेको छ । विद्यार्थी संगठन भने मौन छन् ।

यातायातमा ४५ प्रतिशत नारामा मात्रै
सार्वजनिक सवारी साधनमा विद्यार्थीलाई ४५ प्रतिशत छुट उपलब्ध गराउनुपर्ने भनिए पनि पूर्णतः कार्यान्वयनमा आउन सकेको छैन । जसले गर्दा विद्यार्थीहरू मारमा परेका छन् । सो विषयमा विद्यार्थी संगठन मौन छन् ।

छात्रवृत्ति कागजमा

निजी विद्यालयले १० प्रतिशत छात्रवृत्ति विद्यार्थीलाई दिनुपर्ने प्रावधान कागजमा सीमित छ । सो छात्रवृत्ति कतिपय विद्यालयमा विद्यालय सञ्चालकका आफन्तले हडपेको गुनासो आउन थालेको छ ।

मेडिकल कलेजको शुल्क असुली

केही मेडिकल कलेजले एमबीबीएस अध्ययन गरिरहेका विद्यार्थीबाट २० लाख रुपैयाँ बढी रकम असुल्दा पनि विद्यार्थी संगठन तातिएनन् । केही समय आन्दोलन थाले पनि निष्कर्षमा पुग्न सकेन । यसकारण, अहिलेसम्म बढी लिइएको शुल्क फिर्ता गर्न मेडिकल कलेजले आनाकानी गर्दै आएका छन् ।

के गर्दै छन् विद्यार्थी संगठन ?

अनेरास्ववियु

सत्तामा रहेको नेकपा निकट विद्यार्थी संगठन अखिल अझै संगठनविहीन छ । उसले अझै पूर्णता पाउन सकेको छैन । पार्टीले संयोजकको नाम तोके पनि कमिटी स्थानीय क्याम्पससम्म पुग्न सकेको छैन । नेकपा निकट अनेरास्ववियुका विद्यार्थी नेता रश्मी आचार्यले सरकारी तवरबाटै नीति कार्यान्वयन हुन नसकेको बताए ।

अर्का नेता सुरेन्द्र बस्नेतले विद्यार्थी एकता प्रक्रिया नटुंगिँदासम्म काम गर्न समस्या भएको बताए । उनले भने, ‘एकता प्रक्रिया टुंगिएपछि विद्यार्थीको हकहितका लागि आन्दोलनको घोषणा गर्छौं । अबको लडाइँ शिक्षा निःशुल्क बनाउने नीति कार्यान्वयनको लडाइँ हो ।’

नेविसंघ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट नेविसंघ पनि विघटन भएपश्चात् संगठनात्मक रूपमा पूर्ण बन्न सकेको छैन । उसले पनि विद्यार्थीका एजेन्डा नपक्रिँदा विद्यार्थीमा नैराश्य सिर्जना हुन थालेको छ । नेवि संघका पूर्वमहामन्त्री कुन्दन काफ्लेले पार्टी नेतृत्वले विद्यार्थी संगठनलाई उपयोग गर्दै आएको बताए । उनले भने, ‘यो बेला विद्यार्थी आन्दोलन जुमुराउने बेला हो । कमजोर व्यक्तिको हातमा विद्यार्थी राजनीति हुँदा समस्या बढेर गएको छ ।’

अखिल (क्रान्तिकारी)
अखिल क्रान्तिकारी शिक्षा क्षेत्रको विसंगति रोक्न लागिपरेको बताएको छ । अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले विद्यार्थी संगठन सुस्ताएको स्वीकार्दै आफूहरू संगठनलाई नयाँ गति दिने तयारीमा लागेको बताएको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।