९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजकीय सम्मानका साथ स्वराजको अन्त्येष्टि



अ+ अ-

काठमाडौं । भारतका पूर्वविदेशमन्त्री सुष्मा स्वराजको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । स्वराजको ६७ वर्षको उमेरमा मंगलबार राति निधन भएको थियो ।

लोधी रोडस्थित विद्युतीय शव दाहागृहमा उनको अन्त्येष्टि गरिएको हो । उनकी छोरी बाँसुरीले अन्तिम संस्कारको धार्मिक संस्कार पूरा गरिन् ।

अन्त्येष्टिका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतीय जनता पार्टीका नेताहरु उपस्थित थिए । यसअघि उनको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि भाजपा कार्यालयमा राखिएको थियो ।