२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्तव्य ज्यान मुद्दाका फरार पक्राउ



अ+ अ-

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले कर्तव्य ज्यान मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत गाग्रेताल निवासी २८ वर्षीय कमल सुनार रहेका छन् ।

जिल्ला अदालत सुर्खेतले २०६८ फागुन १७ गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहरको फैसला गरेपश्चात फरार रहेका सुनारलाई हिजो उनकै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

अदालतको फैसला आदेशअनुसार पक्राउ परेका सुनारको हकमा दुई वर्ष ११ महीना दुई दिन कैद भुक्तान गर्न बाँकी रहेको लगत नं ६६२ मा देखिएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताउनुभयो । सुनारलाई पक्राउ गरी अदालतमा बुझाइएको र अदालतकै आदेशअनुसार उनलाई बुधबार नै कारगार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।