१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

बाढीका कारण सिङ्गो गाउँ अन्धकारमा

बाढीका कारण सिङ्गो गाउँ अन्धकारमा
अ अ+ अ-

बागलुङ । बाढीले विद्युत् आयोजनाको बाँध बगाएपछि जिल्लाको निसीखोला गाउँपालिका–४ का एक हजार १२० घरमा विद्युत् आपूर्ति बन्द भएको छ । निसीखोला गाउँपालिका–४ जैथुम्कामा रहेको १२० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको बाँध बाढीले बगाएपछि पाँच दिनदेखि विद्युत् उत्पादन बन्द भएको हो ।

आयोजनाको उत्पादन बन्द भएसँगै निसीखोलाका बोहोरागाउँ, थापागाउँ, झिवाँखोला, छापाखानी, धाराखर्क, धुवाँखोर, ओख्रेनी, जिरी, झिम्पा, बडाचौरलगायतका ठाउँमा विद्युत् आपूर्ति बन्द छ । आइतबार राति वर्षासँगै आएको बाढीले आयोजनाको बाँध कामै नलाग्ने गरी बगाएको छ । निसीखोलामा रहेको २० मिटर बाँध गहिरो गरी बगाएकाले विद्युत् आपूर्ति बन्द भएको आयोजनाका अध्यक्ष लोकेश्वर पौडेलले बताउनुभयो ।

वर्षाको समय भएकाले तत्काल मर्मत गर्न सम्भव नरहेको आयोजनाले जनाएको छ । वर्षा रोकिएर खोलामा पानीको बहाव घटेपछि मात्रै बाँध मर्मत गर्न सकिने स्थानीय उपभोक्ता डम्बर बुढामगरले बताउनुभयो । “तत्कालै बनाउन सकिने अवस्था छैन, खोलाको पानी कात्तिकमा मात्रै घट्छ”, बुढामगरले भन्नुभयोे, “झण्डै चार महीना अन्धकारमा परिने भइयो ।” आयोजनाको बाँधसँगै मुख्य प्रसारण लाइनका आठ पोलसमेत भाँचिएका छन् । आयोजना बन्द हुँदा त्यस क्षेत्रमा सञ्चालित काठका फर्निचर, कुखुरा फार्म, दूरसञ्चारका टावरसमेत प्रभावित भएका छन् । मोबाइलको ब्याट्री चार्ज गर्न समेत विद्युत नभएकाले सम्पर्क टुट्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

यस्तै दुवै मिर्गौला काम नलाग्ने भएपछि उपचारका लागि सहयोगको खोजी गरिएको छ । बागलुङ नगरपालिका–४ का ५२ वर्षीय रेशमबहादुर विकको उपचारका लागि परिवारका सदस्य र विश्वकर्मा समाजले सहायोगको खोजी गरेको हो ।

विसं २०६७ मा आफ्नै दिदी सुनिताले दिएको एउटा मिर्गौलाको भरमा बाँच्नुभएका विकको फेरि काम नलाग्ने भएपछि प्रत्यारोपण गर्नुपर्ने भएको हो । अहिलेसम्म झण्डै रु एक करोड खर्चिनुभएका विकले पुनः अर्को प्रत्यारोपण गर्नुपर्ने भएपछि सहयोगको याचना गर्नुपरेको बताउनुभयो । कम्तीमा छ महीना औषधि खाएर रक्त समूह मिलाउन सकियो भने विकले आफ्नै श्रीमती चन्द्रकलीको मिर्गौला प्रत्यारोपण गर्न सकिने चिकित्सकले सल्लाह दिएका छन् ।

विश्वकर्मा समूहले अगुवाइ गरेर उहाँलाई सहयोग सङ्कलन थालिएको ओमबहादुर विश्वकर्माले बताउनुभयो । मिर्गौलापीडितलाई राज्यले रु साढे चार लाखसम्म अनुदान दिने व्यवस्था गरेको छ । उक्त अनुदानले काठमाडौँमा बस्दा खानलाउन पनि नपुग्ने विक बचाउ अभियानका कृष्ण विकले बताउनुभयो । अब कम्तीमा रु २५ लाख भएमा मात्र उहाँको मिर्गौला प्रत्यारोपण हुनसक्ने बताइएको छ । उपचारको क्रममा विकले यसअघि दुई घडेरी बिक्री गर्नुभएको छ भने घर धितो राखेर लाखौँ रकम ऋण लिनुभएको छ । विकका दुई छोरा र एक छोरी छन् ।