७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी गोलीकाण्ड: ट्रम्पद्वारा डेटन र एल पासको भ्रमण



अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प ३१ जनाको ज्यान लिने सामूहिक गोलीकाण्ड भएपछि प्रताडित हुन पुगेको दुई नगरहरूको भ्रमण गर्ने क्रममा टेक्सास पुगेका छन्।

हिस्पानिक भनिने दक्षिण अमेरिकी मूलका मानिसहरूलाई निसाना बनाइएको घृणाजन्य अपराध कर्ममा संलग्न एक बन्दुकधारीले गोली चलाउँदा शनिवार २२ जनाको ज्यान गएको थियो। ९ जनाको ज्यान लिने गोलीकाण्ड भएको ओहायो राज्यको डेटनको अस्पतालमा उपचाररत घाइतेहरूलाई भेटेपछि ट्रम्प टेक्सास पुगेका हुन्।

एल पासोमा भएको गोलीकाण्डलाई सम्भाव्य घृणा अपराधको रूपमा हेरिएको छ। शहरको ठूलो हिस्सामा हिस्पानिक समुदायको बसोबास छ। गोलीकाण्डका संदिग्ध व्यक्तिले यो आक्रमण टेक्ससमा हिस्पानिक अतिक्रमणको प्रतिक्रिया हो भन्ने शब्दहरू अनलाइनमा राखेको ठानिएको छ।

ती शब्दमध्ये केही अमेरिकी राष्ट्रपति ट्रम्पले बारम्बार उल्लेख गरिरहने अतिक्रमण जस्ता शब्दसँग मिल्न गएका छन्। ट्रम्पले अमेरिका–मेक्सिको सीमाको प्रसङ्ग उल्लेख गर्दा अतिक्रमण भन्ने शब्द प्रयोग गरिरहन्थे।

प्रहरीले डेटनमा भएको आक्रमणको उद्देश्यबारे अझै केही निष्कर्ष निकाल्न सकेको छैन। तर उसले गोली चलाउने व्यक्तिले कुनै हिंसात्मक सिद्धान्तको अनुसरण गरिरहेको प्रमाण फेला पारेको बताएको छ।