९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यले आज रेकर्ड तोड्यो, तोलाकै ७० हजार



अ+ अ-

काठमाडौं । सुनको मूल्यले आज (बिहीबार साउन २३) रेकर्ड तोडेको छ । आज सुनको मूल्य तोलमा ५ सय रुपैयाँले बढेको हो ।

आज सुन प्रतितोला ७० हजार रुपैयाँ कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलाको ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यता चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी ८ सय २५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा १५ रुपैयाँले बढेर ८१० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको भाउ निरन्तर बढ्न थालेपछि नेपाली बजारमा कारोबार ठप्प भएको र सुन खरिद गर्ने भन्दा पुराना गहना बिक्री गर्ने ग्राहकको संख्या बढेको छ। यता अन्तर्राष्ट्रिय बजारमा पनि लगानीकर्ताहरु यतिबेला सुनतर्फ आकर्षित भएका छन् ।

अन्य क्षेत्रको लगानी राम्रो हुने नदेखिएपछि लगानीकर्ताहरु सुनतर्फ आकर्षित भएका हुन् । फेडेरल रिजर्भ बैंकले ब्याजदर ०.२५ प्रतिशतले कमी गरेको, चीन र अमेरीकाको व्यापार युद्ध, इरान अमेरीकको मुद्दा जस्ता विषयले सुनको मूल्य लगातार उकालो लागेको सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले बताए ।