गुल्मी । धुर्कोट गाउँपालिका–६ टिम्मुर खर्कका एक जना मृत्य भेटिएका छन् । पानी लगाउन खेतमा गएका ४० वर्षीय भोजबहादुर घर्ती मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार घर्ती बुधबार साँझ खेतमा पानी लगाउन गएका थिए । साँझ अबेरसम्म घरमा नआएपछि खोज्दै जाँदा परिवारले खेतमा मृत अवस्थामा भेटाएको थियो ।
घर्तीको शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल लैजाने तयारी गरिएको प्रहरी नायव उपरीक्षक (डीएसपी) मीनबहादुर घलेले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।