२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

किर्गिस्तानका पूर्व राष्ट्रपति अताम्बेवलाई पक्राउ गर्न जाँदा दोहोरो भिडन्त, एकको मृत्यु



अ+ अ-

किर्गिस्तानका पूर्व राष्ट्रपति अलमाज्बेक अताम्बेवलाई पक्राउ गर्न पुगेका सुरक्षाकर्मी र समर्थकबीच विवाद हुँदा दोहोरो भिडन्त भएको छ । भिडन्तमा एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने दुबै पक्षबाट ३६ जना घाइते भएका छन् ।

पूर्व राष्ट्रपति अताम्बेवलाई भ्रष्टाचारको आरोप लागेको छ तर उनले यस विषयलाई अस्विकार गर्दै आएका थिए । किर्गिस्तानको राष्ट्रिय सुरक्षा कमिटिले पूर्व राष्ट्रपति अताम्बेवलाई पक्राउ गर्न चलाइएको विशेष अभियानको क्रममा सुरक्षाकर्मीले रबरका गोली चलाएको भन्दै आलोचना गरेका छन् । संसदले गएको जुनमा उनीबाट सुरक्षा सुविधा खोसेको थियो ।

उनलाई पक्राउ गर्न ५० जना भन्दा बढीको संख्यामा गएका सुरक्षाकर्मीको प्रयास असफल भएको छ । सत्तामा रहँदा पूर्व राष्ट्रपति अताम्बेबले राज्यको सम्पती दुरुपयोग गर्नुका साथै करौंडौ रुपैयाँको भ्रष्टाचार गरेको आरोप लागेको थियो ।